दलितसँग विवाह गरेको भन्दै ,बाबुको किरिया बस्न दिएनन्

दलित अनलाईन ७ चैत्र २०७६, शुक्रबार १०:४४

 

मेलम्ची (सिन्धुपाल्चोक) । बुबाको काज किरिया गर्न सामाजिक बहिस्कार गरेको भन्दै एक युवाले ईलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएका छन् । दलितसँग बिहे गरेको भन्दै सामाजिक बहिस्कार गर्न लगाउने ज्यामिरेका पण्डित रमेश शर्मा कुइकेलबिरुद्ध सोहीका प्रेम भुजेलले ईलाका प्रहरी कार्यालय मेलम्चीमा जाहेरी दर्ता गराएका हुन् ।
मेलम्ची नगरपालिका वडा नम्बर ९ मा एकसाता अघि भएको घटनामा आफु पण्डित कुँईकलकै कारण सामाजिक बहिस्कारमा परेपछि चैत ६ गते ईप्रका मेलम्चीमा उजुरी दिईएको पिडित भुजेलले बताए ।
दलितसँग बिवाह गरेका भुजेलका अनुसार फागुन २१ गते बुबा दिर्ग बहादुरको मृत्युको खबर पाउन साथ काठमाडौबाट मेलम्ची घाटमा पुगेका थिए । उनलाई आफ्नै दाजु बेल बहादुर भुजेलले गाउँमा किरिया बसे पण्डित नआउने भनेपछि उनी फर्केका थिए । बुबाको मुख हेर्न समेत नदिएपछि आफू काठमाडौ फर्किएको पीडित भुजेलले बताए ।
आफ्नो बुबाको मृत्यु पश्चात बजाईने शंख समेत गाउँलेले दलितसँग विवाह गरेको आरोपमा नदिएको उनले सुनाए । सामाजिक बहिस्कारमा संलग्न भनेर प्रेमबहादुरले उजुरी दिएका आरोपित पण्डित कुँइकेल साविक ज्यामिरे गाविसका पूर्व अध्यक्ष समेत हुन् । उक्त घटनामा सन्दर्भमा ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङसँग बुझ्दा उनले उजुरी दर्ता भएको बताए । उजुरी दर्ता भएसंगै छानविनको प्रक्रिया सुरु भएको उनले सुनाए ।
स्मरण रहोस जातीय तथा अन्य छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन २ को ६८ मा निजि तथा सार्वजनिक स्थलमा जातिय विभेद गरेमा तिन महिना देखि तिन वर्ष सम्म कैद र पचास हजार देखि दुई लाख सम्म जरिवाना रहेको छ । त्यस्तै सोही ऐन बमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पिडितलाई दुईलाख सम्म क्षतिपुर्ति भराईदिन सक्ने कानुनी प्रावधान रहेको छ ।
जातिय विभेदको उजुरी दर्ता भएसंगै पीडितको न्यायको लागि निरन्तर साथ दिने दलित एकता सञ्जाल नेपालका सिन्धुपाल्चोक अध्यक्ष एवं दलित संजाल केन्द्रीय सचीव सुनिल मिजारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank