भोज खान घरमा बोलाएर दलित युवामाथि दुर्व्यवहार : प्रहरीमा जाहेरी दर्ता

राधेश्याम कुश्वहा २७ पुष २०७७, सोमबार २०:१६

सर्लाही — छठियारको भोजमा निम्ता खान बोलाएर गैर दलितहरुले दलित युवालाई  दुर्व्यवहार गरेका छन् ।
सर्लाहीको कबिलासी नगरपालिका वडा ८ निवासी सुजित कुमार ठाकुरको घरमा पौष १६ गते आयोजना गरिएको छठियारको भोजमा निम्तो पाएर भोज खान भनि गएका सोही नगरपालिका ७ का २२ वर्षीय महेश पासवानलाई पूर्व वडाअध्यक्ष एंवम नेपाली काग्रेसका स्थानीय नेता रामपृत ठाकुरले जातीय विभेद तथा छुवाछूत र गाली-बेइज्जती गरी दुर्व्यवहार गरेका हुन् ।
पिडित पासवान भोज खान भनि आएका अन्य मानिसहरुसँगै सुजित ठाकुरको आंगनमा बसिरहेको अवस्थामा पूर्व वडाअध्यक्ष रामपृत ठाकुरले ‘तँ तल्लो जातको भएर हामी सँग किन बसिस् , तेरो हैसियत हामी सँग बसेर खाने होइन ,बाहिर गएर बस् भन्दै आँगनबाट भगाउन खोज्दा म पनि निम्तो पाएरै आएको हुँ ,म पनि यहीँ बसेर भोज खान्छु ,’उनले इन्कार गदै भनेका थिए , ‘मैले छुँदैमा खानाको रंग बदलिने होइन म पनि तपाईंहरु जस्तै हाडमांसले बनेको मान्छे हुँ ।’
दलित जातिको मान्छे हो भन्दैमा यसरी कसैलाई भोज जस्तो सार्वजनिक समारोहमा बोलाएर गाली-बेइज्जती र कुटपिट गर्नु जायज नभएको भन्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीले पिडितले दिएको निवेदनको आधारमा ईलाका प्रहरी कार्यालय हरिपुरमा जाहेरी दर्ता गरेका छन् । पिडितलाई न्याय र दोषी उपर हदैसम्म कारबाही हुनुपर्ने माग सयुंक्त दलित संघर्ष समिमि सर्लाहीका जिल्ला सहसंयोजक राम नरेश मण्डल र दलित अधिकारकर्मीहरुले माग गरेका छन् ।
दोषीहरुलाई जातीय भेदभाव र छुवाछूत कसुर र सजाय ऐन २०६८ बमोजिम हदैसम्मको कारबाही हुनुपर्ने राष्ट्रियसभा सदस्य राधेश्याम पासवानको भनाई रहेको छ । पीडितको न्याय र क्षतिपूर्ति र दोषीको हदैसम्म्म्को कारबाहीका लागि जिल्लाका विभिन्न दलित संघ–संगठनहरुले समेत माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank