विश्वकर्मा र रानामगरबीच काठमाडौंमै मागी विवाह

दलित अनलाईन ४ माघ २०७६, शनिबार ०८:०४

 

च्यानाकुटु च्यानाकुटु भ्m्याँई गर्ने बाजा,
मनपरेको मायालाई पाएँ आज आज ।
बानेश्वर ब्याँकेट परिसरमा नौमती वाजा वजिरहेको थियो । अर्कोतिर परम्परागत रितअनुसार जग्गे राखिएको थियो । जग्गेको छेऊमा तामाको खड्कुँलामाथि दुल्हादुलहीको खुट्टा राखेर माइती पक्षले गोडाको पानी खाँदै थिए । दुलहा दलित थिए, दुलही रानामगर । केहीले भनिरहेका थिए, आजकालको जमानामा टिका लाइदिए भइहाल्यो नि किन पानी नै खानुप¥यो । दुलहीका मामाले जवाफ दिदै थिएँ : छोरी लक्ष्मी हो भने ज्वाईं नारायण हो, त्यसैले पानी खानु त महाधर्म हो । वेहुली पक्षका कोही हुन्क्यार, सानो स्वरमा भनिरहेका थिए पानी नै त किन पिउनु र ? सायद दलित जातिको पानी किन खानु भनेको हो कि ? दुलहीकी आमाले भन्दै थिईन्, हाम्री छोरी जे जात हो, ज्वाई पनि त्यही जात । अव छोरीको पानी खाँदा ज्वाईको किन नखाने ? यो त झन् ठूलो पुण्य पो त ।
यो महान विचार सहित गैरदलित परिवारले दलित युवकलाई राजीखुशी आफ्नी छोरी कन्यादान गरी विवाह गरिदिइ जातीय विवेद र छुवाछूतको सामाजिक वन्देज तोड्ने महान कार्य गरेका छन् । हाम्रो समाजमा वर्षौदेखि वाधक बन्दै आएको विभेदलाई हटाउनका लागि ललितपुरका रानामगर परिवारले साहसिक उदाहरण प्रस्तुत गरेका हुन् ।


ललितपुर गोदावरीका राजवहादुर रानामगर र भूमिका रानामगरले आफ्नी छोरी सुम्निमा रानामगरलाई गोडा धोएरै कन्यादान गरी अभिराज लकान्द्री विश्वकर्मासंग विवाह गरिदिएका हुन् । सुम्निमा र अभिराज अमेरिकाको अलग–अलग शहरमा विगत चार–पाँच वर्षदेखि नै काम गर्दै आएका छन् । उनीहरुवीच केही समय अगाडिदेखिको प्रेम थियो, जसलाई पूर्ण बनाउन केटा पक्षले केटीको घरमै गएर मगनी गर्दा रानामगर परिवारले जातपात सामाजिक रुढीवादी र समाज विकासको कलंक रहेको भन्दै कुनै नाइनास्ती नगरी सहर्ष स्वीकार गरी विवाह गरिदिने निर्णय गरेका थिए । दुवैपक्षका नातागोता, आफन्त इष्टमित्र भेला भई दुवैलाई जग्गेमा राखी विवाह गरिदिएका हुन् ।
दुलहा विश्वकर्मा समाजको वरिष्ठ उपाध्यक्ष रामप्रसाद लकान्द्रीका छोरा हुन् । उनी अमेरिकामा बसेर मास्टर गर्दैछन् भने सुम्निमा पनि अमेरिकामा बसेर आइटी इन्जिनियर गरी काम गरिरहेकी छन् । उनी सेन्ट जेभिएर स्कुलकी फष्ट विद्याथी थिईन् । दुवै वीच भएको मगनी विवाहले समाजमा व्याप्त रहेको जातपात व्यवस्था केवल जातिवादी आडम्वर र रुढीवादी सोच रहेकोले प्रमाणित गर्दै यस्तो अन्तरजातीय विवाहले सवै जातिवीचमा भाइचारा, एकता र सहिष्णुता कायम गर्न उदाहरण दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank