दलित समुदायबाट शाखा अधिकृतमा सिफारिस भएका १८ जनालाई आयोगको सम्मान

दलित अनलाईन २७ माघ २०७८, बिहीबार २२:२५

काठमाडौं —  राष्ट्रिय दलित आयोगले लोक सेवा आयोगबाट सिफारिस भएका १८ जना दलित समुदायका राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृत सरहका कर्मचारीलाई सम्मान गरेको छ ।

आयोगले बिहीबार सम्मान कार्यक्रम आयोजना गर्दै उनीहरुलाई सम्मान गरेको हो ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले शाखा अधिकृतमा दलित समुदायबाट सिफारिस भएका १८ जनालाई दोसल्ला ओढाएर सम्मान गर्दै उनीहरुको सफल कार्यकालको शूभकामना दिएका छन् । शाखा अधिकृतमा सिफारिस भएका सबैलाई मेहनत र लगनशिल भएर नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवसम्म पुग्न पनि अध्यक्ष विश्वकर्माले शुभकामना दिए ।

सम्मानित हुने मध्ये १८ जनाको प्रतिनिधित्व गर्दै सम्मानित शाखा अधिकृत राजबहादुर सार्कीले आयोगले सम्मान गरेर आफुहरुको हौसला बढेको बताए । आयोगको सम्मानले सिफारिस भएका शाखा अधिकृतलाई थप उर्जा मिलेको भन्दै आगामी दिनमा पनि यस्तै खालका उर्जा दिने कामलाई निरन्तरता दिने उनले आयोगसँग आग्रह गरे ।

केहि दिन अघि मात्र सार्वजनिक भएको लोक सेवा आयोगबाटनेपाल प्रशासन सेवा, नेपाल परराष्ट्र सेवा, लेखा खापरीक्षण सेवा, नेपाल व्यवस्थापिका संसद सेवा र नेपाल न्याय सेवातर्फबाट राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतमा ४ सय ८८ जना सिफारिस भएका थिए । जसमा सबै सेवातर्फ दलित समुदायबाट १८ जना सिफारिस हुदाँ १५ जना समावेशीतर्फ दलितबाट र तीन जना खुलातर्फबाट सिफारिस भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank