तीन दलित युवा जसले जिते नेपाल लोकस्टारको उपाधि

दलित अनलाईन ९ कार्तिक २०७६, शनिबार १०:४३

काठमाडौं – एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधि तीन दलित युवाहरुले हात पारे ।
भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा रोल्पा नगरपालिका–८, जकोटका १८ वर्षीय शनि विश्वकर्माले नेपाल लोक स्टारको उपाधि हात पारदै ५० लाख नगद पुरस्कार जिते ।

प्रतियोगितामा स्याङ्गजा, वालिङका ३० वर्षीय चेतन गोतामे नेपाल लोक स्टारका दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्त्वना भए । सान्त्वना भएका उनले दुई लाख हात पारे ।

असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट ३६ औं शृंखला प्रत्यक्ष प्रशारण गर्दै सम्पन्न भयो । नेपालको लोक संस्कृति प्रचार प्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो ।

नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमा धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रम हो । देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारका उत्कृष्ट छनोट भएका थिए । अडिसनमा छनोट भएका प्रतियोगीले आफूलाई निकै निखारे र अलराउन्डर प्रस्तुति दिए । कार्यक्रममा विभिन्न जिल्लाका स्थानीय साँस्कृतिक लोकसंगीतदेखि आधुनिक गीत र राष्ट्रिय गीतले स्थान पायो ।

१ शनि विश्वकर्मा
आइएमई नेपाल लोकस्टार सिजन १ का प्रतिस्पर्धी शनि विश्वकर्माले देश तथा विदेशको समेत राम्रो भोट पाए । रोल्पामा मात्र नभई देश तथा विदेशमा समेत राम्रो चर्चा भयो । गत असारमा बुटवल भएको अडिसनमा गोल्डेन स्टार प्राप्त गरी सिधै उत्कृष्ट २० मा पुग्न सफल थिए ,शानि विश्वकर्मा । गोल्डेन स्टार पाएका तीन प्रतिस्पर्धीहरुमध्ये पहिलो गोल्डेन स्टार पाएका शनीले देश तथा विदेशबाट सबैको हौसला, माया, साथ र सहयोग प्राप्त गरे ।

शनि विश्वकर्माको जन्म जनयुद्धको उद्गम थलो रोल्पाको जंकोटमा बुवा मनबहादुर र आमा मनकुमारीको कोखबाट २०५८ पौष २५ गते भएको हो । गाउँकै विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेपछि लिबाङको बालकल्याण नमूना माविमा अध्ययन गरे । कक्षा १२ सम्मको अध्ययन भने दाङमा गरेका थिए ।
घरको आर्थिक अवस्था बलियो थिएन तर जेनतेन हुर्किने अवसर पाए उनले । ११ वर्षको उमेरमा पहिलो पटक स्टेजमा गीत गाएका थिए । आमा बाबु र परिवारको मेहनतले उनी सानैदेखि लगनशलि बने । खासै नबोल्ने स्वभावका उनीभित्र अथाह प्रतिभा लुकेर रहेको छ । अहिलेसम्म संगीतको कुनै औपचारिक शिक्षा नलिएका उनको स्वर सुन्दा जो कोही पनि मन्त्रमुग्ध हुन्छन् ।

लिबाङमा रेडियो जलजलाले वार्षिक उत्सवको अवसरमा आयोजना गरेको गायत प्रतियोगिता जलजला तारामा शनिले पनि भाग लिए र प्रतियोगितामा उत्कृष्ट दशमा पुग्न सफल भए । यस्तै राप्ती आइडलमा उनी दोश्रो भए । विद्यालयमा अध्ययनरत हुँदा हुने जिल्लास्तरीय प्रतिभा पहिचानमा लोकगीतमा प्रथम भएका थिए । विश्वकर्मा हिजो जनयुद्धले चिनिएको रोल्पालाई संगीतको रोल्पा भनेर चिनाउने अभियानमा छन् । कुनै बेला रोल्पालीले टिभी, रेडियो लोक दोहोरी गाउँदा रोल्पामा पनि गीत गाउने कलाकार छन् र ? भनेर प्रश्न गरिन्थ्यो । तर अहिले समय बदलिएको छ, अन्य चर्चित रोल्पाली कलाकारहरुजस्तै उनको नाम र प्रतिभाबाट पनि सबै परिचित छन् । उनलाई आइएमई लोकस्टार सिजन १ को विजेता बनाउन देश तथा विदेशबाट साथ र सहयोग गर्नेको लहर बढ्दै गयो र लोकस्टार बने ।
सानैदिख गीतसंगीतमा रुचि राख्ने उनले अडिसन राउण्डमा तिरिरी मुरली बज्यो बनैमा गीत गाएर नेपाली लोक स्टारमा पहिलो गोल्डेन स्टार प्राप्त गरेका थिए । दुई पटकसम्म आइएमई पर्फमर अफ डे र भोटङ राउण्डमा एक पटक सर्वधिक भोट प्राप्त गरिसकेक थिए ।
दाङ बस्दै आएका रोल्पाका शनि नेपाल लोक स्टारमा सहभागी हुन पहिलो पटक काठमाडौं आएका हुन् । पारिवारिक पृष्ठभूमी सांगीतिक नभए पनि उनलाई गीतसंगीतमा लाग्न परिवारको पूर्ण सहयोग छ । उनले एउटा गीत पनि रेकर्ड गराइसकेका छन् । तर त्यो बजारमा भने आइसकेको छैन । लोकगीतसँगै अरु विधाका गीत पनि उत्तिकै गाउन सक्ने उनलाई राजेशपायल राई, राज सिक्देल, शिव परियार र रामजी खाँड मन पर्ने गायक हुन् ।

२ चेतन गोताम

स्याङ्गजा, वालिङका ३० वर्षीय चेतन गोतामे नेपाल लोक स्टारका उतकृष्ट १० प्रतियोगी मध्येका एक हुन् । चेतनलाई गीतसंगीतले बचपन देखी नै मोहनी लगाएको हो ।
घरमा कोही आयो भने मादल निकालेर बजाउँदै त्यसमा गीत गाएर सुनाउने उनको बानी थियो । परिवारमा सांगीतिक क्षेत्रमा कोही नभए पनि उनले भने संगीतलाई नै आफ्नो कर्म क्षेत्र बनाएका छन् ।
उदीतनारायण झा, विष्णु माझी, पुरुषोत्तम न्योपानेको स्वर सुनेर उनी आजसम्म अघाएका छैनन् । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठाले ०७४ मा आयोजना गरेको एकल दोहोरी प्रतियोगितामा सान्तवना पुरस्कार हात पारेका चेतनले ६६ सालदेखि गीत गाउँदै आएका छन् । उनले ५ दर्जन गीत गाइसकेका छन् ।
अडिसन राउण्डमा सात प्रदेशबाट ५० जनाका दरले ३५० जना हुँदै जज राउण्डबाट मेघा अडिसनमा आइपुगेका १०९ जनाबाट २५ प्रतिस्पर्धी छनोट भएका थिए । जसमध्ये तीन जना गोल्डेन स्टार विजेता थिए । टप २० देखि ८० प्रतिशत भोटिङ र ८० प्रतिशत हुँदै २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय भइरहेको छ । टप १२ देखि २० प्रतिशत निर्णायकको नम्बर र ८० प्रतिशत भोटिङका आधारमा मूल्याङ्कन भएको थियो ।

 
३ रामकुमार नेपाली
रामेछाप मन्थलीका रैथाने हुन् रामकुमार नेपाली । काठमाडौं अडिसनमा गोल्डेन माइक जितेर उनले लोकस्टारमा सानदार प्रवेश पाएका थिए । २०६१ सालदेखि उनी लोकसंगीतमा लागिपरेका हुन् । ललितकला क्याम्पस भोटाहिटीमा डिप्लोमा इन म्युजिक विषयमा ४ वर्ष औपचारिक अध्ययन गरे, नेपालीले । रामेछापदेखि काठमाडौंसम्मको यात्रा उनको सहज भने पक्कै थिएन । कलाकार बन्ने रहरले उनलाई कहिले घर बनाउने मिस्त्री बनायो त कहिले मजदुर । तर पनि लोक गीत गाउने हुटहुटीले छोडेन ।
उनका बुवाआमाले लुगा सिलाउने पुख्र्यौली पेसा गर्दै आएका छन् । चामलको भात खान दसैं पर्खनुपथ्र्यो । तर पनि बुवाले धानेको पुख्र्यौली पेसा अपनाउन उनलाई मन लागेन । गीत गाउन छाडेनन् । भन्छन, ‘मेरो शरीरमै लोकगीत बगिरहन्छ त म अरू पेसा खोज्न कहाँ जाउँ ?’
उनका मेरी आमा, चौबन्दीको फुर्का, दुई रुपैयाँको बिँढी लगायत डेढ दर्जन एल्बमै बजारमा छन् । करिब तीन सय लोकगीतमा स्वर दिइसकेका छन् । तर उनका गीतले खासै चर्चा पाउन सकेको थिएनन् । घरबाट खासै सहयोग पाउँदैनथे। २०६६ सालमा रामेछाप लोकतारामा पहिलो स्थान जितेपछि उनको बाबाको मन फेरियो । एल्बम निकाल्न सकेको आर्थिक सहयोग गर्न थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank