मधेशी दलितमाथि विभेदै विभेद : भोज खाना गएका दलितमाथि कुटपिट

संजय महरा २८ कार्तिक २०७६, बिहीबार २२:१७

सिरहा –दलित समुदायलाई मृत्यु भोज खाना बोलाएर उल्टो कुटपिट गरी यादव समुदायले जातीय विभेद गरेका छन् ।
सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा ४ पोखरिया कविलासि टोलमा सुर्यनाथ यादवको मृत्यु भोजमा दलितहरुलाई खाना बोलाएर उल्टो कुटपिट गरी जातीय विभेद गरिएको हो ।
सुर्यनाथ यादवको मृत्यु भोजमा दलित समुदायलाई भोज खाना निम्तो दिइएको थियो । निम्तो दिएपछि भोज खाना पुगेका दलित समुदायलाई भोजखाने बेला गालीगलौज गरी खाना दिएको खाना पनि खोसेर फालिदिएका थिए । यादव समुदायले दलित समुदायमाथि जातीय आधारमा गाली गरी उल्टो कुटपिटमा समेत गरेका थिए । भोजखान बसेका दलित समुदायका बृद्ध, बालवालिकाहरु लाई अपमानित शब्द प्रयोग गर्दै यादव समुदायका व्यक्तिहरुले कुटपिट समेत गरेको थिए ।
यादव समुदायका पशुपति यादव, उपेन्द्र यादव, रामचन्द्र यादव र रामप्रित यादवको समुहले दलितहरुले खाना लागेको भोजमा दुव्र्यवहार गरी कुटपिटमा उत्रिएका थिए ।
दलित समुुदायलाई दिउसो ४ बजे भोज खान निम्तो दिएको थियो । सोही समयमा दलित समुदायका भोज खाना उपस्थिति भएका थिए । तर उनीहरु गएर भोज खाना बसेको केही समयमै छिमेकीहरुले भोजको खान जुठो भयो भनेपछि दलित समुदायमाथि दुव्र्यवहार गरी कुटपिटमा उत्रिएका थिए ।
दलितमाथि सार्वजनिक भोजमा यादव समुदायहरुले विभेद गरेपछि संघीय समाजवादी पार्टीका प्रदेश सांसद सुनिता राम र संयुक्त दलित मोर्चाका केन्द्रिय संयोजक शिवकुमार महरा समेत पुगेको थियो । महराका अनुसार दलित समुदायमाथि गरेको अमानवीय व्यवहार गर्नेलाई कानुनी कारबाही लागिपरेको बताएका छन । महराका अनुसार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ताको लागि जाने र यदि प्रशासनले कारबाहीको पहल नगरे आफुहरुले शान्तिपुर्ण संघर्षबाटै न्यायको लडाई लड्ने बताएका छन् ।

मधेशी दलितमाथि विभेदै विभेद
त्यस्तै सिरहा नगरपालिका ११ मा २०७६ भदौ २५ गते भलुवाहिमा २५ वर्षिय बिरेन्द्र महरालाई मृत्युको भोजखान बोलाएर माईजन ६० वर्षीय जोगिन्द्र कामति बाटै पातखोसिएको थियो । कल्याणपुर नगरपालिकाको १० स्थित बङ्गठिया का आकाश मण्डलले सिरहाकै सखुवानन्कटी ५ का महेशवारकी २२ वर्षीय सुनिता राम सँग प्रेम विवाह गरिएको थियो । तर दलित भएकैकारणले घरपरिवारले राख्न मानेका छैनन । सुखीपुर नगरपालिका ५ का ७१ वर्षीय गनौरा मोचीलाई २०७६ भदौ ९ गते चिया छोएको भन्दै सोही गाउँका ४५ बर्षीय किसुन यादवले गनौरा मोचीलाई चिया पसलमा कुटपिट थिए । नहरा गाउपालिका ५ बलुवा स्थित जुगुतलाल मोचीलाई २०७६ साउन १९ गते भुमिसुधार कार्यालय सिरहामा आफना बावुको नाममा रहेको मोही जग्गा नाम सारीको मुद्धाको तारिख लिन गएका बेला सोनो जातको ठूलो हुने भन्दै दुखमोचन यादव, सुन्दर यादव , हरिदेव यादव, विष्णुदेव यादव, सोमनिदेवि यादव लगायतका समुहले कुटपिट गरेको घटना अझै सेलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank