
सिरहा— मधेश प्रदेशमा दलित समुदायमाथि हत्या हिसां र बलात्कार जस्ता जघन्य अपराध गरे पनि पैसा दिएर घटनालाई गाउँमै मिलाउने घटनाहरु मौलाउँदै गएको छ । यसबाट दलित समुदायका महिलाहरु दिनदहाडै बलात्कार हुन पुगेका छन् । दलित समुदायको महिलाहरुलाई बलात्कार तथा जघन्य अपराध र हत्या गरे पनि पैसा दिएर हुन्छ कि धाकधम्कीबाट गाउँमै मिलापत्र गराउने गरेका छन् ।
सिरहा जिल्ला कल्याणपुर नगरपालिकामा – ३ ईटारी प्रसाही गाउँका एक दर्जनभन्दा बढी घटनाहरुलाई गुपचुप मिलाउने दाउँपेज गरिदै छ । कल्याणपुर नगरपालिका वडा ३ ईटारी प्रसाही गाउँमा सोहि वडाका रामचन्द्र मण्डलका छोरा २५ वर्षीय सरोज कुमार मण्डलले माघ २५ गते आफनै घरमा दिपना महराको छोरी १७ वर्षीय संगिता महरा (नाम परिवर्तित)लाई विवाहको प्रलोभन देखाई बन्धक बनाई बलात्कार गरेका छन् ।
किशोरीलाई रातभर घरमा बन्धक बनाई छोराले बलात्कार गरेपछि २६ गते विहान बाबुले किशोरीको घर पुराएर फर्किएका थिए । रातभर हराएकी छोरीलाई कहाँ गएको भन्दै सोधीखोजी गर्दा स्थानीय सरोज कुमार मण्डलले आफुँलाई बन्धक बनाएर बलात्कार गरेको आमालाई किशोरीले बताएपछि घटना बारिएको हो ।
छोरीले आमासँग घटनाको सबै कुरा बताएपछि आमाले छोरीलाई पुनः विहान नै केटाको घरमा पुराएकी थिइन् । तर दलित समुदायको केटी आफ्नो घरमा स्वीकार गर्न नस्कने र पानी नचल्ने भन्दै घर परिवारले अस्वीकार गरेपछि ईलाका प्रहरी कार्यालय कल्याणपुर पीडित परिवारले जबरजस्ती करणी मुद्धा दायर गरेका छन् ।
आमा आशादेवी महराले छोरीलाई लिएर प्रहरी कार्यालय मा पुगेकी थिईन । छोरीको जीवन बर्वाद गरिदिएको भन्दै रुदै जसरी पनि न्याय दिलाई दिन प्रहरीसँग हारगुहार गरेको आशा देवी महराले बताईन । अघिल्लो स्थानीय तहको चुनावमा वडा अध्यक्षको प्रत्यासि रामदुलार मण्डलले आफुलाई धाकधम्की दिएको आशादेवीले बताईन । ‘तिमीहरु दलित हौं, केही गर्न सक्दैनौं भन्दै बलात्कारी भतिजोलाई बचाँउन धम्की दिए ।’
ईलाका प्रहरीकार्यालय कल्याणपुरका ईन्चार्ज उपेन्द्र साहका अनुसार किशोर सरोज कुमार मण्डल विहानै फरार रहेकोले खोजतलास जारी रहेको जानकारी दिए । घटनाको विषयमा जाहेरी दर्ता भएपछि हामीले खोजी कार्य सुरु गरिएको हो, अहिलेसम्म फेला परेको छैन, खोजी कार्य जारी छ ।
बलात्कार जस्तो जघन्य अपराधको अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने दलित अधिकारर्मी संयज महराले बताए । दलित समुदायको किशोरी घरमा लगेर बन्धक बनाई बलात्कार गरिन्छ र प्रहरी प्रशासन जाहेरी दर्ता हुँर्दा समेत घटनाको दोषी पक्राउ गर्न नसक्नु प्रहरी प्रशासनको कमजोर रहेको बताए ।
Leave a Reply