काठमाडौँ — सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो। समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन्। अनियमितताको आरोपपछि सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्डकाे अध्यक्ष पद रिक्त छ।


























Leave a Reply