नेकपाको चियापानमा समावेशी स्वागत

दलित अनलाईन ३० आश्विन २०७६, बिहीबार १३:१८

काठमाडौं– नेकपाले असोज २९ मा वडादशै, दिपावली तथा छठ जस्ता सवै नेपाली मुख्य चाडपर्वको उपलक्षमा आयोजना गरेको स्वागत टोली अत्यन्तै समावेशी देखिएको छ । विहान ११ वजे देखि ३ वजे सम्मको अवधिमा आम सर्वसाधारण तथा त्यस पछि विदेशी पाहुनाहरुलाई शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन भनिएता पनि ३ वजे पछि पनि सवै नेपालीहरुको वाहुल्यता देखिएको थियो । भित्र पस्ने सवै व्यक्तिहरुलाई मञ्चमा रहेका नेकपाका नेताहरुले स्वागत गरेको देखिन्थ्यो । सो स्वागत गर्ने लहरमा नेकपाका उच्च नेता तथा सरकारका मन्त्रीहरु थिए । त्यसमा दलित अनुहार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा तथा सांसद महेश्वर गहतराज थिए । त्यस्तै मधेशी अनुहारमा लालवावु पंडित, महिला अनुहारमा दुर्गा सुवेदी, जनजाति अनुहारमा देव गुरु¨ देखिएका थिए । खसआर्यको तर्फवाट सूचना तथा संचारमन्त्री गोकुल वास्कोटा, महेन्द्रवहादुर पाण्डे लगायतका नेताहरु देखिन्थे । सर्वसाधारण तर्फ हेर्दा दलितहरुको खासै उपस्थिति देखिदैन थियो अर्थात भए पनि संभवतः परिचित अनुहार थिएनन ।
अर्को मञ्चमा कलाकारहरुले सांगितिक कार्यक्रम प्रस्तुत गरि रहेका थिए । अघिल्लो चरणमा केही गीतहरु प्रस्तुत भए पनि ३ वजे पछिको चरणमा भने प्रसिद्ध तथा नेपालीपन झल्काउने धुनहरु कलाकारहरुले वजाई रहेका थिए । एमाले र माओवादी पार्टीका आफ्नै सांगितिक समूहहरु हुने गर्थे जस्ले प्रगतिशिल तथा क्रान्तिकारी गीत संगीत प्रस्तुत गर्थे । तर यसपालीको चियापान कार्यक्रममा ती सवै कलाकारहरु ओझेलमा परेर हो वा नेकपाले आफ्नो प्रगतिशिल तथा क्रान्तिकारी धार छोड्दै गएकोले हो त्यस्तो धुन कुनै वजेका थिएनन, अर्थात त्यस्ता धुनहरु वजाउने कलाकार देखिएका थिएनन । कलाकारहरुको टोलीमा सारंगीको वाहुल्यता देखिन्थ्यो, त्यसको मतलव अधिकांश सारंगीवादकहरु गन्र्धव समुददायका हुन भन्ने अनुमान लगाउन गाह्रो थिएन । अन्य नेपाली धुनहरु को साथै लोक गायक वुद्धि परियारको श्रृजना रेशम फिरिरिको धुन निकै वेर सम्म कलाकारहरुले घन्काएका थिए, सो धुनले चियापान समारोहको माहोललाई संगीतमय वनाएको प्रतीत हुन्थ्यो । नेपालको शासन व्यवस्था तथा अवसरमा दलितहरुको सीमित वा शुन्य उपस्थिति भए पनि गीत संगीतमा दलितको उपस्थिति विना त्यो अधुरो हुन्छ भन्ने कुरा त्यहाँ प्रस्तुत भई रहेका संगीत तथा कलाकारहरुको उपस्थितिवाट थाहा हुन्थ्यो ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री समावेशी नीतिको कट्टर विरोधी भएकाले उनको नेतृत्वमा भएको सरकारले दलित लगायत सीमान्तकृत समुदायको अधिकारहरु खोस्दै लगेको कुरा जग जाहेर छ, त्यस्तोमा त्यस पार्टीमा भएका दलित तथा अन्य सीमान्तकृत समुदायका नेताहरु निरिह तथा लाचार देखिएका छन् । तर शुभकामना आदान प्रदानको चियापान कार्यक्रममा विवेक पुर्याएर हो वा संयोगवश होस स्वागत गर्ने लहरलाई समावेशी वनाएको देखियो । यदि संयोगले त्यस्तो भएको भए यसमा पार्टीले विचार गर्नु पर्छ, यदि विवेक पुर्याएरनै हो भने त्यो विवेक दलित लगायत अन्य सीमान्तकृत समुदायको अधिकार खोस्नमा होइन कि वढोत्तरीमा ध्यान पुर्याए आगामी चुनावमा पनि उसको दलित भोटको आधार कम हुने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank