महोत्तरीमा ४ दलितको मृत्यु

दलित डेक्स २१ बैशाख २०७७, आईतवार १३:३९

काठमाडौं–महोत्तरी जिल्लाको भँगहा नगरपालिकामा १० दिनमा ४ जना दलितहरुको मृत्यु भएको छ ।
अज्ञात रोगबाट मानिसहरु मर्ने क्रम नरोकिएपछि स्वास्थ्य मन्त्रालयले विशेषज्ञ टोली पठाएको छ । भंगहा नगरपालिका वडा नम्बर ७ को मेघनाथ गोरहन्ना बस्तीमा १० दिन यता चार दलितसँगै अन्य चौधरी र यादवहरु ७ गरी ११ जनाको मृत्यु भएको छ ।
केहि दिनदेखि लगातार रुपमा सर्वसाधारणहरुको रहस्यमयी तरिकाले मृत्यु हुन थालेपछि उक्त बस्ती र वरिपरि त्रास बढ्न थालेको छ ।
वडा ७ को मेघनाथ गोरहन्ना बस्तीका ५५ वर्षीय सिताई महरा ४० वर्षीय मोहन सदा, ५२ वर्षीय नथुनी चमार, ५२ वर्षीय गंगाराम सदाको मृत्यु भइसकेको छ ।

भङ्गाहा नगरपालिकाका प्रमुख भन्छन्
भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । साहले विषाक्त मदिरा सेवनको कारणले भएको हुनसक्ने आशंका गरिए पनि मृत्युको वास्तविक कारण भने अहिलेसम्म खुल्न नसकेको बताए ।
बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शव परीक्षण जाँचले निक्र्योल गर्ने जानकारी दिए ।

२ जनाको स्वास्थ्य टोली स्थलग अनुसन्धानमा
इपिमिडियोलोजी तथा सरुवा रोग महाशाखाका एक जना चिकित्सक र विश्व स्वास्थ्य संगठन(डब्लु एच ओ)का एकजना चिकित्सक गरि दुई जनाको टोली शनिवार स्थलगत रुपमा अनुसन्धान गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्र चौधरीले बताए ।‘११ दिनमा एक जना महिला सहित ११ जनाको मृत्यु भएको छ’ उनले भने, तर मृत्युको कारण यकिन भइसकेको छैन, हामी अनुसन्धान गर्दैछौ ।
स्थानीय स्तरमा उत्पादन हुने मदिराको सेवनबाट उनीहरुको मृत्यु भएको आशंका गरिएको छ । घर घरमा नै मदिरा उत्पादन हुने र पानी जस्तै मदिरा सेवन गरिरहने देखिएकाले मृत्युको कारण त्यै भएको बढी आशंका रहेको चौधरीले बताए ।
दुवै वडामा थारु, मुसहरहरुको बढी बसोबास रहेको छ । आइतवार दुवै वडामा ¥यापीड डायग्नोस्टिक टेस्ट(आरडीटी) गर्ने तयारी गरिएको चौधरी बताए । ‘स्वाब टेस्टको काम पनि आइतवार हुनेछ’ उनले भने, अहिले कोरोना संक्रमणको पनि जोखिम रहेकाले स्वाब टेस्ट समेत गर्न थालिएको हो ।
टोलमा लगातार मृत्यु हुन थालेपछि स्थानीवासी अहिले निकै त्रसित छन् । बुधबार बिहान मृत्यु भएका गंगाराम सदाको शव प्रहरीले नियन्त्रणमा लिन गए पनि उनको दाहसंकार भइसकेको थियो ।

प्रशासनले भन्यो : कोरोना परीक्षण हुन्छ
मृत्युको कारण खुल्न नसकेपछि स्थानीय प्रशासनले मृतकको पोष्टमार्टम सँगै कोरोना संक्रमणको परीक्षण समेत गर्ने भएको छ । के कारणले उनीहरुको मृत्यु भएको यस विषयमा पत्ता लगाउन एकजनाको भने, ‘रक्सीले मृत्यु भएको आशंका गरिए पनि ३–४ दिनदेखि रक्सी नखाएका व्यक्तिको पनि मृत्यु भएकोले पोष्टमार्टमसँगै कोरोना परीक्षण गर्ने तयारी गरेका छौं ।’ उनले भने, ‘एकजनाको शव पोस्टमार्टमको लागि ल्याएका छौं । पोस्टमार्टमसँगै कोरोना परीक्षण पनि हुन्छ । त्यसको स्वाब लिन चिकित्सकको टोली पनि आएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank