प्रहरीबाट बालकृष्ण परियारको हत्या भएको भन्दै आयोगमा कारबाहीका लागि उजुरी दर्ता

दलित अनलाईन २४ श्रावण २०७६, शुक्रबार २२:१४

 प्रहरी नायव उपरीक्षक सुमित खड्काको निर्देशनमा हत्या भएको परिवारको दाबी

 

काठमाडौ– आफ्नो १३ वर्षीय छोरा बालकृष्ण परियारको नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नगर प्रहरीबाट हत्या गरिएको भन्दै कारबाहीका लागि आमा–बाबुले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेका छन् ।
शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगमा पश्चिम रुकुमको आठवीसकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुमित खड्का र सशस्त्र प्रहरी र नगर प्रहरीलाई कारबाहीका लागि मिनाकुमारी दमाई र बाबु रामबहादुर दमाईले उजुरी दर्ता गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काको निर्देशनमा गस्तीमा रहेका सुरक्षाकर्मीबाट पिसाव फेर्न भनि कोठाबाट निस्किएको आफ्नो छोरालाई चोर भनी पक्राउ गरी नियोजित रुपमा हत्या गरी भेरी नदीमा फालिएको उनीहरुले मानव अधिकार आयोगमा दर्ता नम्बर ३०९ को उजुरी दर्तामा लेखेका छन् ।
बालकृष्ण परियारको २० साउनमा छिन्चुको भेरी नदीमा शव फेला परेको थियो । आठवीसकोट पिस जोन एकेडेमीमा कक्षा ५ मा अध्ययनरत बालकृष्ण परियारलाई आमा–बाबुले आठवीसकोटको राडी बजारको एक होटलमा मासिक ४ हजार तिर्ने गरी राखेर पढाउँदै आएका थिए । मलेसियामा रोजगारी गरिरहेकी मिनाकुमारी छोराको हत्याको खबर आएपछि मलेसियाबाट बिहीबार काठमाडौं आइपुगेकी थिइन् । आमा –बाबुले आज (शुक्रवार) प्रहरीले हत्या गरी नदीमा फालेको भन्दै उजुरी गराएका छन् ।

प्रहरी भन्छ : प्रहरी दोषी भए कारबाही गछौं
जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुमित खड्का भने रुकुम बजारमा केही दिन अघिबाट चोरीको घट्ना बढेको र प्रहरीले गस्ती गरेको बताए पनि कोही पक्राउ नपरेको बताउँछन् ।
‘चोरीको उजुरी आएपछि हामीले राती पनि गस्ती पठाउने गरेका छौं । त्यसविचमा १६ साउनका एउटा पसलको ताला काटेर चोर्ने क्रममा एकजना प्रहरी देखेपछि भागेर नजिकैको गिजाखोलामा हाम फालेर भागेका थिए,’ डिएसपी खड्काले थपे, ‘१८ साउनमा समेत त्यही प्रकृतिको घटना भयो पसल चोर्ने वेला एक जना युवालाई नगर प्रहरीले देखेपछि त्यही गिजाखोलामा हाम फालेका थिए अझै हामी खोजिरहेका छौं ।’ रुकुम प्रहरीले समेत नगर प्रहरीको तर्फबाट लार्पवाही भए नभएको बारे प्रहरी निरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुमित खड्काले बताए । ‘सत्यतथ्य पत्ता लगाएर प्रहरीबाटै घटनामा भएको भए जस्तोसुकै कारबाही प्रहरीभित्र नै हामीले गछौं ।’ परिवारले शव बुझ्न नमाने पछि पोष्टमार्टमको लागि प्रहरीले बालकको शवलाई बुधबार काठमाडौं ल्याएको छ । हाल उनको शव शिक्षण अस्पतालमा राखिएको छ ।

मानव अधिकार आयोग के भन्छ
आफ्नो १३ वर्षीय छोरा बालकृष्ण परियारको नेपाल प्रहरी ,सशक्त प्रहरी र नगर प्रहरीबाट हत्या गरिएको भन्दै कारबाहीका माग गदै आमा–बाबु सहितको टोली शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ताका लागि पुगेका थिए । घटनाको बारेमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासँग भेटवार्तापछि उनीहरुले पश्चिम रुकुमको आठवीसकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुमित खड्का र,सशस्त्र प्रहरी र नगर प्रहरीलाई कारबाहीका लागि उजुरी दर्ता गरे । उनीहरुले उजुरी दर्ता गरे लगतै घटनाको सत्यतथ्य बुझन र घटनाको छानविनका लागि आयोगले प्रदेश ५ शाखा कार्यालय नेपालगञ्जलाई पत्र पठएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सचिव बेद भट्टराईले प्रदेश ५ शाखा कार्यालय नेपालगञ्जलाई पठाएको पत्रसँगै जिल्ला अस्पताल रुकुम र जिल्ला अस्पताल सुर्खेतलाई समेत पत्र पठाएको प्रारम्भिक अनुसन्धान सुरु गरेको बताए ।

आमा,हजुरबुबा र काकाको दावी
घटना साउन १८ गते राती ११ बजे को हो । राति उ पिसाब फेर्न बाहिर निस्किएको बेलामा उसलाई नेपाल पुलिस र त्यहाको स्थानिय नगर पुलिसले त्यहाँ चोरीका कुराहरुमा शंकास्पद भएर लखेटे । पुरै बजारभरि लखेटेर एउटा किसीमको वा उहाँहरुले मारेरै फालेको मनसाय त नहुन सक्छ तर उहाँहरुले हातपात गरेर मारेर भेरी नदिमा फालेको पुष्टि छ । जहाँ उहाँहरुले भनेको खोलाबाट माथि २० फिट माथि छ त्यहाबाट हाम फाल्यो र एकछिन त्यहाँ सुत्यो र त्यसपछि भाग्यो भन्नुहुन्छ उहाँहरुले । त्यहाँको घटनास्थलको बारेमा बुझदाखेरी । हामीले छोरोको पढाई राम्रो होस् भनेर होटलमा राखेर पढाएका थियौं । हाम्रो बच्चा हो भन्ने कसरी थाहा भयो भने स्थानीय बजारका मान्छेहरुले पनि लखेट्दा सुनेको कुराहरुलाई पुष्टि हुन आइसकेपछि त्यो होटलको मान्छे स्वयं उसको बाबु र बाजेकोे घरमा गएर तपाइको छोरा हिजो १० बजेसम्म कोठामा थियो , अहिले स्कुल जाने बेलासम्म पनि कोठामा आइपुग्दैन , हिजो एकजना चोरलाई पुलिसले मारेर भेरीमा फाले भन्ने कुरा बजारमा आइरहेको छ । यो वास्तविक के हो तपाइको छोरा कतै आफन्तको छ की खोज्नुहोस् । तपाईहरुले खोजी कार्य गर्नुस भनेपछि हामीले आफनो आफन्तहरुको सरर फोनहरु गर्यौ । र उसलाई खोजी कार्य गर्यौ । कतै पनि नभएको थाहा भयो ।

त्यसपछि हामीेले सबै नगरपालिका र पुलिस चौकीहरुमा हाम्रो बच्चा हो , हिजोदेखि हराएको छ भन्यौं तर ती पुलिसहरुले हामी जानुभन्दा अघि नै कोठामा गएर उसको मोबाइल लगायत व्यक्तिगत सामानहरु बरामद गरेको पुष्टि भयो । त्यो सिमहरु हाम्रै हो , उहाहरुले चोरीको सामानहरु हो भनेर मुचुल्का उठाएर राख्नुभएको छ । त्यसमा हामी घरपरिवार कसैलाई भित्र छिर्न नदिएर उनीहरुले आफनो किसिमबाट त्यो कुराहरुको फाइल बनाएर लगेको छन् । त्यसपछि हाम्रो बच्चा पर्यो भनेर सबै आफनन्तहरुलाई परिसकेपछि नगरपालिकामा गयौं । त्यहाँ हामीलाई की शास चाहिन्छ की लाश चाहिन्छ भन्यौ । त्यहाँ तपाइको बच्चा भागेको छ , तपाईको बच्चा पर्यो भन्ने के ग्यारेण्टी छ भनेर उल्टो प्रश्न सोध्नुभयो । त्यसपछि हामीले इलाका प्रहरी कार्यालयमा यो बच्चाको छिटो खोजी कार्य हुनुपर्छ भनेर निवेदन दियौ । हामी आफनो तर्फबाट खोजी कार्यमा लाग्यौं । उहाँहरुले खोजी कार्य गर्दा सिधै भेरी किनारतिर गएर खोज्नुभयो , कहि कतै नाकातिर होइन । हामीले ५५ किलोमिटर सम्म खोजी गर्दा पुलिसले जानकारी दियो । सुर्खेतको राकम भन्ने ठाउँमा पुलिसले फेला पारेको छ । उसको हुलिया यस्तो यस्तो छ । भनेपछि हामी दुई दाजुभाई २० गते राती साढे ८ बजे राकम पुग्यौं । त्यहा लाश त भेट्यौं । उसको अंकलले त्यही बाबु हो भन्यो र फेरि त्यो लाश मेल्कुना हस्पिटल पुराइसकेछन् पुलिसले । हामी पनि त्यही पुग्यौं । दुईटै खुटाको काइली औला छोटो थियो । त्यो हेरेपछि यही बाबु हो भन्ने थाहा पायौं । र उसको अनुरहारले पनि चिनिने नै थियो लाश । उसलाई पोष्टमार्टम , सनाखत गर्ने र जाहेरी दिने कुरामा पुलिसले अलि दबाब दियो ।

के थियो पुलिसको दबाव ?
हामीलाई छिटो लाश बुझेर सनाखत गरेर लैजानुस भनेर दबाब दियो । त्यहाँको पुलिस लगायत रुकुम जिल्लाको डिएसपी सम्मले फोन गरेर दबाब दिनुभयो । तपाइलाई १ लाख २५ हजारसम्म राहत मिल्छ, त्यो लाश ल्याउनुस् , दाहसंस्कार गर्नुस् भनेर भने तर हामीले त्यसो गरेनौं र लाश बुझेनौं । त्यस्तै आमा विदेशमा हुनुुहुन्थ्यो । आमा नआउनुजेल सम्म म लाश बुझदिन भने । बिहानको १० बजेदेखि साढे ५ बजेसम्म त्यस्तै बार्गेनिङ भयो त्यहाँ । त्यसपछि हामीले त्यो लाश बुझेनौं । हिजोसम्म त्यो लाश सुर्खेतको मिल्कुना हस्पिटलमा नै थियो । आज सुन्नमा के आएको छ भने त्यो लाश पुलिशले सेतो बाकसमा हाल्यो भन्ने सुन्न आएको छ ।
उसको गम्भिर चोट भनेको घाँटीको माथि चिउँडोको तल छ । हामीसंग उसको फोटो पनि छ । छातीको भागमा अलि ठुलो चोट छ भने अन्य शरिरभरी चोट नै चोट छ । उसलाई महिनाको ४ हजार तिर्ने गरी होटेलमा राखेको हो पढने गरी । होटेल साउले राती १० बजेसम्म बाबु त्यही कोठामा छ । उसलाई खाना खुवाएर सुताएको हो । त्यसपछि हामी पनि सुत्यौ । राती के मनसायले बाहिर निस्केको हो । जातीय रुपमा त त्यस्तो केहि घटना भएको थिएन तर अहिले जातिय रुपमा दबाब आएको छ । १ लाखको प्रलोभन देखाउने । त्यस्तो आएको छ ।
हामीले चित्त नबुझेर की हामीले सास की लाश देखाउ भनेर हामी नगरपालिकामा हामी धेरै दिदीबहिनीहरु , आमाहरु, गयौं । त्यहाँ गएर हामीले जिउँदो भए सास र मरेको छ भने लाश दिनुस् भनेर भन्यौं । जनपद प्रहरी, नगर प्रहरी र सशस्त्र प्रहरी ३ तिरबाट घेरीएकोमा त्यो बाँचेको छैन । बाँचेको छ भने पनि सास कि लाश दिनुपर्यो भन्यौं । त्यहाँ हामी सबैलाई लाठी चार्ज गरे सबै प्रहरी मिलेर । हामी पनि घाइते भयौं । मेरो छोरोको प्रहरीबाटै हत्या भएको छ । छोराको हत्या भएपछि म नेपाल आए । मेरो छोरोको हत्यारालाई तत्काल कारबाही हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank