
बागलुङ – शल्यक्रियापछि जन्मिएका शिशुको मुटुको गति असामान्य भएपछि उपचारका लागि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको विशेष पहल आर्थिक सहयोगमा आमा र बच्चाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ ।
ढोरपाटन नगरपालिका वडा ९ मर्माकी कोपिला विकको मंगलबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया मार्फत प्रसुती गराइएपनि बच्चा र आमा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि नगर प्रमुख देव कुमार नेपालीको विशेष पहल आर्थिक सहयोगमा हेलिकप्टर चार्टर गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको हो । २१ वर्षिय वि.क.को ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको विशेष पहलमा हेलिकप्टर मार्फत उद्धार गर्न सफल भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव तथा ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक ऋतुवर्ण पौडेलले जानकारी दिए ।
सुत्केरी व्यथा लागेर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी विकको भिडियो एक्सरे गरी हेर्दा गर्भमा रहेको बच्चाको मुटुको धड्कन निकै कम देखिएकाले तत्काल शल्यक्रिया गर्नुपर्ने भएको थियो । शल्यक्रिया गरी प्रसुती गराउन सफल भए पनि बच्चाको स्वास्थ्यमा सुधार नभएपछि रिफर गर्नु परेको स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. कृष्ण हरी श्रेष्ठले बताए । श्रेष्ठले भने, हामीले शल्यक्रिया गरी प्रसुती गरायौँ, तर बच्चाले सास फेर्न नसक्ने, मुटुको धड्कन पनि रोकिएको थियो, पछि सि.पि.आर गरेर बच्चाको धड्कन पर्काउन सफल भयौँ ।
बच्चालाई एन.आई.सी.यू.को आवश्यकता भएको र धेरै रक्तश्रावका कारण आमाको स्वास्थ्य अवस्थामा पनि समस्या देखिएकाले स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएको उनको भनाई छ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालले सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरामा विशेष पहल गरेपछि थप उपचारका लागि आकस्मीक उद्धार गर्न सम्भव भएको डाक्टर श्रेष्ठले बताए ।
यसो भन्छन् मेयर देवकुमार नेपाली
दिउँसो करिव ४ बजेको नगर प्रमुख देवकुमार नेपालीले हेलिकप्टर मार्फत थप उपचारका लागि पोखरा पठाएका थिए । । नगर प्रमुख नेपालीले आमा र बच्चाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहयोग पु¥याउने उद्धेश्यले नगद रकम सहयोग गरेका थिए ।
यो भन्दा पहिले पनि मेरो पहल र आफ्नै खर्चमा पनि बिरामीहरुको उद्धार गरेको छु । अहिले बिरामीको स्वास्थ्यमा केहि सुधार आएको खबरले खुशी लाग्यो । नगरबासीको दुःखमा मलम लगाउनु मेरो दायित्व पनि हो । अबका दिनहरुमा पनि दुःख मा मलम लगाउने छु । उपचार र उद्धार कार्यमा सहयोग गर्नुहुने सबैमा धन्यवाद । बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्छु ।
Leave a Reply