राष्ट्रपति विद्यादेवी भण्डारीबाट १३ वटा विधेयक प्रमाणीकरण

दलित अनलाईन ३१ असार २०७९, शुक्रबार २१:२५

काठमाडौं   — राष्ट्रपति विद्यादेवी भण्डारीले १३ वटा विधेयक प्रमाणीकरण गरेकी छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका १३ वटा विधेयकलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।

राष्ट्रपतिले प्रमाणीकरण गरेका विधेयकमा लोकसेवा आयोगसम्बन्धी, बजेटसम्बन्धी, तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी, नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी, औषधिसम्बन्धी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी, रेल्वे सम्बन्धी रहेका छन्।

विधेयकहरु राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै कानुनका रुपमा सक्रिय हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank