दलित परिवारलाई कुखुरा वितरण

दलित अनलाईन १३ श्रावण २०७५, आईतवार १९:०२

नेपालगन्ज-दलित महिला संघ फेडो बाँकेले आर्यआर्जनका लागि भन्दै दलित महिलाहरुलाई कुखुरा वितरण गरेको छ । दलित महिलाहरुलाई कुखुरा पालनमा आकर्षण गर्न प्रतिव्यक्ति १५ वटा कुखुरा वितरण गरिएको छ ।
खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकाका एक सय घरपरिवारलाई उक्त कुखुरा वितरण गरिएको हो । खजुरा गाउपालिका ६ वडामा ५० जना दलित महिलालाई प्रतिव्यक्ति १५ वटा कुखुराका चल्ला वितरण गरिएको हो । यस्तै बैजनाथगाउपालिका ४ र ३ वडाका ५० दलित घरपरिवारमा कुखुरा वितरण गरिएको छ । दलित महिलाहरुको आयआर्जनमा सहयोग पुर्याउन ८ हप्ते गिरिराज जातका चल्ला वितरण गरिएको दलित महिला संघ बाँके अध्यक्ष निर्मला सुनारले जानकारी दिनुभयो । गरिव तथा विपन्न दलित परिवारलाई प्राबिधिक सल्लाह सुझाब समेत दिईने भन्नुभयो ।
प्रति परिवारमा १५ वटाका दरले कुखुरा वितरण गर्दा व्यवसायीक कुखुरा पालनमा सहयोग गर्ने विश्वास गरिएको छ । कुखुरा वितरण गरिएका परिवारलाई अन्य प्राविधिक, खोर सुधार, औषधी उपचार जस्ता प्राविधिक तालिम समेत प्रदान गरिएको फेडोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank