मेयरकाे अभियान : ‘अमित बराललार्इ नेपाल आईडल बनाऊँ’

दलित अनलाईन १२ मंसिर २०७५, बुधबार २१:०२

दलित अनलाईन डेक्स

नेपाल आईडल सिजन २ मा प्रतिस्पर्धा गरेका रुपन्देही सैनामैना ४ मुर्गियाका अमित बराललाई नेपाल आईडल बनाउन अमित बराल जिताऔ अभियान सुरु भएको छ । एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडल सिजन २ का प्रतिस्पर्धी बरालको ‘भोटिङ’ प्रचारका लागि विभिन्न संघ संस्थाले  अमित बराल जिताऔ अभियान सुरु भएको हो ।अमित बराललार्इ नेपाल आईडल

२४ वर्षीय अमित बरालको प्रचारका लागि लायन्स क्लब अफ सैनामैना,लायन्स क्लव अफ सैनामैना मलमला,लायन्स क्लव अफ सैनामैना सालझण्डी,रोटरी क्लब अफ सैनामैना ,सैनामैना जेसिज , लियो क्लव अफ सैनामैना,रोट्रयाक्ट क्लव अफ सैनामैना र सैनामैना संस्थागत विद्यालय संगठनको आयोजनामा अमित बराल जिताउ तथा बृत्तचित्र प्रर्दशन कार्यक्रम आज सम्पन्न भएको छ । सो अवसरमा रोटरी क्लब अफ सैनामैनाले ५५ हजार,लायन्स क्लब अफ सैनामैनाले ५१ हजार,सैनामैना मेमोरियल स्कुलबाट २५ हजार,सैनामैना जेसिज क्लबले २० हजार,सैनामैना उधोग वाणिज्य संघबाट ५ हजार,अस्नैयाटोलबाट १४ हजार,वस्ष्टन मेगाा कलेज बुटवलबाट ५ हजार र ब्यक्तिगत गरि १ लाख ९० हजार बराबरको रकम आज अमितका बुबा जिवन बराललाई हस्तारन्त्रण गरिएको हो । संकलित रकम अमितको भोटमा खर्चीने छ ।

सैनामैना २ कालिकाचोकमा रहेको ग्लोबल पार्टी प्यालेसमा भएको कार्यक्रम लायन्स क्लब अफ सैनामैनाका अध्यक्ष चित्र बहादुुर केसी र रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष खुशीराम चौधरीको अध्यक्षता तथा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।सोही अवसरमा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले कलाकार देशका गहना भएकोले उनीहरुको प्रतिभालाई माथि पुर्याउन सवैले सहयोग र हौसला आवश्यक रहेका बताउनुभयो । सैनामैनाका शान अमित बराल लाई नेपाल आइडल बनाउन आवश्यक सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभएको छ ।

कार्यक्रममा नेकपा जिल्ला सदस्य नर बहादुर घर्ति मगर,नेपाली कांग्रेस सैनामैनाका सभापति राम प्रसाद अधिकारी,रामापुर रिभाइवल स्कुलका प्राधानाध्यापक कृष्ण प्रसाद शर्मा,सुनगाभा स्कुलका प्राधानाध्यापक तिलब केसी,लायन्स क्लब अफ सैनामैना मलमलाका प्रेसिडेन्ट घनश्याम पाण्डे, लायन्स क्लब अफ सैनामैना सालझण्डीका भेष्।ाज साम्य लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नन्दु बहादुर थापाको स्वागत तथा दिपक अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।यस्तै नेकपा,नेपाली कांग्रेस,जनमोर्चा लगायतका पार्टिले विज्ञप्ती जारी गर्दै बरालको सहयोगका लागी अपिल समेत गरिएको थियो । यस्तै परिवारबाट पनि सहयोगको अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank