खुला प्रतिस्पर्धाबाट नियुक्त प्रक्रिया गरिएको राष्ट्रिय दलित आयोगमा ८४ जनाको आवेदन

दलित अनलाईन २२ भाद्र २०७५, शुक्रबार १९:२९

काठमाडौं–संवैधानिक परिषद्ले भदौ ५ गते ८ संवैधानिक आयोगहरुको रिक्त पदमा अनलाईनबाट आवेदन माग गरेको थियो । तर अध्यक्ष तथा सदस्य खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रक्रिया अहिले रोकिएको छ । सात दिनको समयसीमाको म्याद राखेर सुरु गरेको खुला प्रतिस्पर्धाबाट रिक्त रहेका विभिन्न ८ संवैधानिक आयोगका अनलाइन आवेदनमा परिषद्ले सोचे भन्दा दोब्बर आवेदनहरु परेका छन् ।

एउटा आयोगमा एक अध्यक्ष र चार सदस्य गरी पाँच जना माग गरी जम्मा ४० जना आठ आयोगका लागि सूचना प्रकाशित गरिएको थियो । परिषद्ले माग गरेको ८ संवैधानिक आयोगको ५ पदमा सोचेभन्दा दोब्बर अनलाईन आवेदनहरु परेको परिषद् सचिवालयका एक कर्मचारीले बताए ।
सचिवालयले उम्मेदवारहरुले अनलाइनमार्फत् नै आवेदन दिन सक्ने व्यवस्था गरी गोप्य रुपमा उमेर,पढाई, अनुभव र नयाँ संविधानले संवैधानिक आयोगमा नियुक्त हुँदा स्पष्ट निर्देशिका बनाएको भन्दै सूचना कसैलाई दिन नमिल्ने समेत नाम नभन्ने सर्तमा परिषद् सचिवालयका कर्मचारीले बताए ।
राष्ट्रिय दलित आयोगका लागि मागिएको ५ पदहरुमा ८४ जनाले अनलाईनमार्फत निवेदन दिएको स्रोतको दावी छ । ४ सदस्यका लागि ६२ जनाले आवेदन दिएका छन् । अध्यक्षका लागि २२ जनाको आवेदन परेको छ । केही दिनमा रितm रहेका आयोगहरुमा पदपूर्ति गरिने परिषद्ले जनाएको छ ।
८ संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० पद खाली छ । अध्यक्ष र सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न लागिएको निकायमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोग छन् । त्यसैगरी आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पनि अध्यक्ष पद खाली थिए । यीमध्ये केही नयाँ हुन भने केही पहिलेदेखि नै क्रियाशील थिए ।
परिषद सचिवालयले रिक्त सबै पदहरु पूर्तिका लागि भदौ ५ गते सूचना प्रकाशित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank