नेकपाका दुई दलित नेताद्धारा प्रदेश सांसद कृष्णबहादुर थापालाई कारबाहीको माग

दलित डेक्स २५ बैशाख २०७७, बिहीबार १७:३६

काठमाडौं– दलित हक अधिकार र न्यायका पक्षमा क्रियाशिल नेता, सांसद र संगठनहरुले कास्की क्षेत्र नं २ (१) का प्रदेश सांसद कृष्ण थापाले जातीय विभेदका अभियुक्तको पक्षमा वकालत गर्दै दलित आवाज र आन्दोलनलाई होच्याएको भन्दै घोर भत्र्सनासहित कार्वाहीको माग गरेका छन् ।
जातीय विभेदको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट पक्राउ परेकालाई संरक्षण गर्दै उल्टो पीडकहरुको पक्षमा गण्डकी प्रदेश, क्षेत्र नं २ का सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जारी गरेको विज्ञप्तीको सर्वत्र विरोध गर्दै कारबाहीको माग गरेका हुन् ।

पोखरा–१६ कै मोहन सुनारको उजुरीका आधारमा जातीय भेदभाव गरेको अभियोगमा प्रहरीले बाटुलेचौरका राम जीसी र जनक थापालाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेकै दिन ७/८ जनाको जनक निकटको समुहले सुनारको घर घेरी आक्रमण गर्ने प्रयास गरेका थिए । तर मोहनले तत्कालै प्रहरीलाई खबर गरेपछि उनी आक्रमण हुनबाट जोगिएका थिए । उनीहरु पक्राउ पर्नुअघि दलित अधिकारकर्मी र पत्रकारलाई समेत हप्कीदप्की गर्दै दुव्र्यवहारमा उत्रिएको कास्की प्रहरीलाई थप बल र सहयोग पुग्ने गरी थापाले जातीय अंहकारवादी सोच र जातीय छुवाछूतको पक्षपाती भएको उनले जारी गरेको प्रेस विज्ञप्तीले बताएको छ ।

थापाले पक्राउ परेका अभियुक्त रामवहादुर जिसी नेकपा वडा नं १६ का सचिवालय सदस्य भएको जनाउँदै सँगै समातिएका अर्का छिमेकी जनक थापालाई पनि विना शर्त रिहाईको माग गदै वुधबार साँझ प्रेस विज्ञप्ति जारी गरेका थिए । थापाले आफ्ना छिमेकी समेत रहेका जिसी र थापालाई षड्यन्त्रपूर्वक पक्राउ गरिएको भन्दै सामाजिक न्यायको पक्षमा आवाज उठाईरहेका दलित नेताहरुप्रति अति जातिवादी र षड्यन्त्रकारीको संज्ञा दिएका छन् ।

सार्वजनिक जग्गामा वनेको किरियापुत्री भवन प्रयोग गर्न चावी माग्दा स्थानीय कथित ठुलो जातिका केहि व्यक्तिले दलितलाई दिनु हुँदैन भनेर प्रयोग गर्नवाट वञ्चित गरिएपछि त्यसको विरोधमा कानुनी उपचारमा लागेकाहरुलाई सभासद् थापाले सामाजिक सद्भाव धमिल्याउने षड्यन्त्र देखेका छन् । केहि उच्छृंखल तत्वहरुले जातिय विभेदको नाम दिएर जातिय अतिवादलाई प्रोत्साहित गर्ने जातिवादी नेता, कार्यकर्ताहरुको षड्यन्त्रले शदीयौँदेखि भईरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भईरहेको छ,’ उनले विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।
यता पूर्वमन्त्री तथा संविधानसभा सदस्य एव दलित नेता जीतु गौतमले विभेदका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सहयोग गर्नुको साटो उल्टै जातिय भेदभाव र छुवाछुत गर्ने अपराधीहरुलाई समर्थन गर्ने विज्ञप्तिलाई ठाडै अस्वीकार गर्दै घोर निन्दा एंव भत्र्सना गरेका छन् ।
गौतमले विज्ञप्तिमार्फत माग गरेका छन्, निज थापालाई गण्डकी प्रदेश सभा र प्रदेश सरकार समक्ष उनका कुकृत्य प्रति कानुनी उपचारका निम्ति ध्यानाकर्षणका लागि अनुरोध गर्दछु ।’
सभासद् गौतमले विभेदको घटनाको दलित आन्दोलन, सम्बन्धित राजनीतिक दल र सवै न्यायप्रेमी वर्ग समाजलाई कडा विरोध जनाउँदै पिडित दलित मोहन सुनारलाई न्याय दिलाउन ऐक्यबद्धताका लागि हार्दिक अपिल गरेका छन् ।
यस्तै मुक्ति समाज नेपालका महासचिव गणेश विश्वकर्माले सभासद् थापाले दलितको मत पाएर उनीहरुको रगत, पसिनाले पोतिएको प्रदेश सभाको निर्वाचित सांसदको लेटर प्याडमा दलितहरुका विरुद्ध वक्तव्यवाजी गरेको भन्दै आपत्ति जनाउँदै आफ्नो लज्जास्पद वक्तव्य फिर्ता लिन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank