ओलीको असंवैधानिक कदमविरुद्ध नेपाल दलित मुक्ति संगठन माईतीघरमा [तस्बिरहरू]

दलित अनलाईन २५ माघ २०७७, आईतवार २१:२६

असंवैधानिक कदमविरुद्ध

काठमाडौं — नेपाल दलित मुक्ति संगठनले आज माईतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगमनकारी कदमका विरुद्धमा सडक अन्तरक्रियाको आयोजना गरेको छ ।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकमा निर्वाचनको मिति घोषणा गरेका छन् । ओलीको उक्त कदमको चौतर्फी विरोध तथा आलोचना भैरहेको छ । त्यसैको सिलसिलामा आज नेपाल दलित मुक्ति संगठनले पनि सडक अन्तरक्रियाको आयोजना गरेको हो । उक्त अन्तरक्रियामा पूर्वमन्त्री दलजित श्रीपाईली लगायतका नेताहरुले ओलीले सत्ता प्राप्तिका लागि मात्र गणतन्त्र, धर्मनिरपेक्षा, समावेशीता, सामाजिक न्यायका एजेण्डा स्वीकार गरेको भन्दै दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध  मुलुक तेस्रो जनआन्दोलनमा जाने बताएका छन् । 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank