वडाध्यक्ष विष्णुकुमार भामले दिए दलित विद्यार्थीलाई शैक्षिक सामग्री

दलित अनलाईन २५ माघ २०७८, मंगलवार १९:३३

मुगु – छायानाथ रारा नगरपालिका-४ का वडा अध्यक्ष विष्णुकुमार भामले मंगलबार एक कार्यक्रमका बीच १ सय ८७ जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

आर्थिक अवस्था न्यून भएका दलित, गरिब, विपन्न परिवारको पहिचान गरी भामले छायानाथ रारा नगरपालिकाका-१३ का रुगा, लापु, थार्पका १ सय ८७ जना दलित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

वडा अध्यक्ष भामले आफूले पाएको बैठक भत्ता र घर परिवारको बचत रकमबाट दलित परिवारका बालबालिकालाई सहयोग गरेको बताएका छन् । वडा अध्यक्ष भामले कापी, कलमलगायत सामग्री सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank