जातिय बिभेद हटाउन लमजुङको दुराडाँडामा ‘सामाजिक क्रान्ति’ शुरु

दलित अनलाईन १२ मंसिर २०७५, बुधबार १०:४४

शान्ता कमली

लमजुङ-‘हलोक्रान्ति’को उदगम स्थल मात्रै होईन शैक्षिक जागरणले पनि चिनिएको लमजुङको दुराडाँडा नयाँ चिनारी थप्ने प्रयासमा छ । संबैधानिक रुपमा गैरकानुनी मानिएपनि सामाजिक रुपमा अझै स्थापीत रहिरहेको जातिय बिभेदको अन्त्य गरी सामाजिक एकतायुक्त गाउँको परिचय दिन दुराडाँडावासी सामाजिक क्रान्तिको सुरुवात गर्न लागिपरेका हुन ।

हलोक्रान्तिको नेतृत्व गरेका पण्डित तोयनाथ अधिकारीका छोरा शशीकान्त अधिकारीको अगुवाईमा दुराडाडाँमा ‘सामाजिक क्रान्ति’को थालनी भएको हो ।

एउटै गाउँ । एकै धर्म र रहनसहन । तैपनि जातीय बिभेदले अझै नछाडेको लमजुङको दुराडाँडालाई अब जातीय एकता र धार्मिक सहिष्णुतायुक्त गाउँ बनाउने अभियान शुरु गरिएको अगुवा शशिकान्त अधिकारीले बताए । यो अभियानलाई गाउँलेले सामाजिक क्रान्तिको नाम दिएका छन् ।

यो अभियानलाई शुरु गर्न दुराडाँडावासीले हालै एक अन्र्तक्रिया कार्यक्रम गरे । गाउँका दलित र गैरदलितबीच हँुदै आएको बिभेद र त्यसले दलित समुदायमाथी पु¥याएको आत्मसम्मानको चोट लगायतका बिबिध बिषयमा चर्चा भयो ।

ब्राम्हण, क्षेत्री र दलित समुदायका जन्मदेखि मत्युसम्मका अधिकांश संस्कारहरु उस्तै भएपनि बिभेद भइरहँदा दलित समुदाय अन्यायमा परेको अगुवा अधिकारी बताउँछन् ।

‘संस्कार र संस्कृतिमा भिन्नता नै देखिदैन,’ उनले भने,‘तिनको विधि र प्रकृया लिखित रुपमा दलित समुदायमा नपुगेकाले व्यवहारमा भने फरक देखिएको हो ।’ धर्म, संस्कृति, रीतिरिवाज जानेका र बुझेकाले उनीहरुलाई नसिकाई दिएको र उनीहरु स्वयंबाट पनि यथोचित खोजी नभएकाले काम गराईमा अलमल देखिई बिभेद भएको उनी बताउँछन् ।

दलित समुदायका अगुवाका भने आफ्नै खालका पीडा छन् । हिन्दुधर्म नै मान्ने गैह्रदलित समुदायले एउटा र दलित समुदायले अर्कै तरिकाले आफ्ना संस्कार मनाउनु पर्ने दुःखद् अवस्था छ, सरकारी कार्यलयदेखि हरेक तहमा बिभेद अझै हटेको छैन, नेपाल दलित संघ लमजुङका अध्यक्ष सुकराम दुलालले भने, ‘यो संस्कार र प्रबृत्तिको अन्त्य नभईकन सामाजिक एकता पुरा हुँदैन । उनले दुराडाँडामा शुरु भएको सामाजिक क्रान्तिले सामाजिक एकता कायम गर्नमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

आफुहरु वर्षौंदेखि अपहेलना र विभेदको मारमा पर्दै आएको र संवैधानिक तथा राजनीतिक परिवर्तन भईसक्दा समेत त्यसका असरहरु बाँकी रहँदा दलित समुदायले परिवर्तनको अनुभुति गर्न नसकेको स्थानीय उत्तम बसेलले बताए ।

राणा शासनको अन्त्य नहुँदै हलोक्रान्ति सुरुवात भएकाले लमजुङबाटै अर्को एउटा सकरात्मक सन्देश दिनसके जातिय विभेद विरुद्धको सवालमा महत्वपूर्ण प्रयास हुने उनले बताए । दलित समुदाय माथि हुँदै आएको विभेद न्युनीकरणका लागि सबै समुदायले संयुक्त प्रयास गर्ने तोयनाथ स्मृति प्रतिष्ठानका सचिव दिपक न्यौपाने बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank