बलात्कारपछि हत्या प्रकरण : प्रहरी नायव उपरिक्षकको नेतृत्वमा ८ सदस्यीय छानविन समिति गठन

दलित अनलाईन १८ असार २०७५, सोमबार १३:२३

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी १९ वर्षीया माया विकको बलात्कारपछि हत्या भएपिछ जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जनालाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान अगाडी बढाएको छ ।

असार १२ गतेदेखि हराएकी माया विकको शव शुक्रबार साँझ गौरीगंगा नगरपालिका वडा नं ११ कै चपथली सामुदायिक वनको जंगलमा दुवै हात पछाडी बांधेको अवस्थामा फेला परेको थियो । मृत भेटिएकी माया विक बलात्कारपछि हत्या भएसँगै प्रहरीले आशंकामा गौरीगंगाका उमेश चौधरी र गणेश वडवाललाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान अगाडी बढाएको हो ।

तीन दिनदेखि हराइरहेकी २१ वर्षीया माया विक शुक्रवार वडा नम्बर ११ कै चपथली सामुदायिक वनको जंगलमा दुवै हात पछाडि बाधेको अवस्थामा मृत भेटिएकी थिईन्। दुई हात पछाडि बाधिएको र अर्धनग्न अवस्थामा युवतीको शव फेला पारेपछि प्रहरीले युवतीको बलत्कारपछि हत्या भएको आशंकामा अनुसन्धान थालेको जनाएको छ। ‘मृत भेटिएकी युवतीको बलत्कारपछि हत्या भएको हुन सक्ने आशका छ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले दलित अनलाइनसँग भन्नुभयो , ‘उक्त घटनाको अनुसन्धानका लागि प्रहरी नायव उपरिक्षकको नेतृत्वमा ८ सदस्यीय छानविन समिति गठन गरेका छौ। त्यसपछि सत्यतथ्य थाहा हुन्छ।’ उहाँले भनुभयो , ‘बलात्कारमा संलग्न भएको आशंकामा सोधपुछका लागि गौरीगंगाका उमेश चौधरी र गणेश वडवाललाई नियन्त्रणमा लिएका छौं।

अन्यलाई पनि सोधपुछ गर्ने क्रम जारी छ।’ घटनाको अनुसन्धानका लागि गठन गरिएको समितिका सयोजक प्रहरी नायव उपरिक्षक हरि वलीले अनुसन्धान कार्यलाई तीव्र बनाइ राख्नुभएको छ । ’युवती मृत भेटिएपछि नै अनुसन्धान गरिरहेका छौ। अब घटनास्थलमै गएर केही दिनभित्रै सत्यतथ्य सार्वजिनक गर्छौ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक घिमिरे आफै आइतवार घटनास्थलमा जानुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank