बालुवाटारमा गठबन्धन बैठक सुरु

दलित अनलाईन १९ मंसिर २०८०, मंगलवार १८:२७

काठमाडौँ — सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। एनसेल खरिद विक्रीमा अनियमितताको प्रश्न उठेपछि साे विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले गठवन्धन बैठक डाकेका हुन्।

बैठकमा सत्ता गठवन्धान दलका शीर्ष नेतासहित अर्थमन्त्री प्रकाशशरण महत, सञ्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङलगायत विभिन्न विभागीय कर्मचारीहरु पनि सहभागी छन्।

प्रधानमन्त्रीले एनसेल बिक्रीका बिषयमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावबारे चासो लिएका छन्।

एनसेलको शेयर बिक्री विवादमा छलफलपछि सत्ता गठबन्धन एउटा निश्कर्षमा पुग्ने जनाइएको छ। माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रममा भाग लिन मंगलबार महोत्तरी पुगेका प्रधानमन्त्री प्रचण्ड बैठकका लागि काठमाडौँ फर्किएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank