पाँचथरको हिलिहाङ गाँउ पालिका साविक सुभाङ ७ मसरगाँउकी सुजा रसाइली (२७ वर्ष) को स्फुर्ती बुधवार दिँउसो निकै देखिन्थ्यो ।
त्यहाँ स्थित फक्ताङलुङ मिङसु माङहिम परिसरमा तरकारी रोटी र दाल पकाउने,पस्किने देखि माङहिम परिषरमा आउने अतिथिलाई भाग लगाएर अगाडी लाने थप्ने आदी काममा उनी उत्तिकै खटिरहेकै देखिन्थिन ।
त्यहाँ भेला भएका धनमाया र शान्ता उभरकोटीको ब्यस्तता पनि सुजाको भन्दा कम थिएन ।
मसरगाँउ हिलिहाङ गाँउ पालिकाको यस्तो क्षेत्र हो त्यहाँ धेरै सार्की र कामी त्यो भन्दा थोरै लिम्बू र नगण्य संख्यामा क्षेत्री बाहुनको बसोवास छ ।
मिश्रित बसोवास रहेपनि यसअघि त्यहाँ दलितका घरमा पुगेका जनजाती र क्षेत्री बाहुनले पानी खानु त परै जावोस मरण हुँदा मलामी सम्म जाँदैनथे ।
पुस्तौंदेखि दलितको पगरी गुथाएर बहिष्करणमा पारिएका त्यो बस्तीका दलित,जनजाती र ब्राह्मण बिचको बिभेद अन्त्य गर्न पहिलो नेपाल जन उद्धार संघ नामक सामाजिक सस्थाको सहजिकरणमा किराँत फक्ताङलुङ मिङसु माङहिमले आयोजना गरेको सहभोजमा आफुहरुले बनाएर दिएको खानेकुरा सबैले स्नेहपुर्बक खाइदिँदा सबैभन्दा खुशी दलितहरुमा छाएको थियो ।
सहभोज कार्यक्रममा उपस्थित दलित समुदायका महिलाले प्रमूख अतिथि पाचथर उद्योग बाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्ले सहित त्यहा उपस्थित ब्राह्मण र दलित समुदाय व्यक्ति र ब्यक्तित्वलाई दाल,तरकारी र रोटी सहितका ब्यञ्जन दिएर सहभोजको उद्घाटन गरियो ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथि काफ्लेले मुलुकी ऐनले २०२० सालमै छुवाछुत अन्त्य गरेपनि हालसम्म ग्रामिण परिबेशमा व्यवहारतः अन्त्य भएको टिप्पणी प्रखूख अतिथि काफ्लेको थियो ।
कार्यक्रममा दलित जनजाती र ब्राह्मण समुदायका दुईसय अधिकले सहभोज खाए । दलित,जनजाती र क्षेत्री बाहुनको मिश्रित बसोवास रहेको पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ५ मा बिहिवार सबै जातीले पहिलो पटक सामुहिक भोज खाए । सहभोज कार्यक्रममा दलित, जनजाती र बाहुन समुदायका महिलाहरुले खानेकुरा पकाउनदेखि बाड्ने सबै काम गरे भने उपस्थित सबै जात जातीले सँगै बसेर भोजन गरे ।
हिलिहाङ ५ सुभाङमा अझैपनि बाहुनले जनजाती र जनजातीले दलितका घरमा गएर पानी खान त परै जाबोस कथित तल्लो जात भनिएका समुदायको मृत्यू हुँदा मलामी समेत नजाने चलन रहेको भन्दै यो सहभोजले अव त्यस्तो छुवाछुत अन्त्यसँगै सामाजिक सद्भावको ब्यवहारतः शुरुवात गर्न यो कार्यक्रम आयोजना गर्नुपरेको सहजिकरण गर्ने सस्था नेपाल जनउद्धार संघका अध्यक्ष बालकृष्ण ओझा बताए ।
कार्यक्रममा तन्नेरी र प्रौढहरुको उल्लेख्य उपस्थिति रहेपनि बृद्धहरु भने थोरै मात्रै भेटिए । यद्धपी सहभोज खाइसकेपछि उपस्थित सबैले अब हाम्रो गाँउबाट छुवाछुत अन्त्य भयो । जातीय आधारमा हामी कसैलाई ठुलो सानो भनेर बिभेद गर्ने छैनौं स्थानीय नगेन्द्र प्रसाद ओझाले मञ्चबाटै प्रतिबद्धता जनाए । अबोप्रान्त दलित मर्दा बाहुन र जनजाती मलामी हुन्छन भने बाहुनका घरमा गरिने बिहे कार्जेमा दलितलाई छुट्टै चुलो बनाइने छैन । ओझाले थपे ।
हुन त साबिकको सुभाङ गाविस शैक्षिक र प्राज्ञिक दृष्टिकोणले निकैै अगाडी छ । स्वर्गीय डिल्लीराम तिम्सिना यस क्षेत्रको शैक्षिक उन्ननयनका प्रणेता हुन । लेखक खगेन्द्र संग्रौला सहभोज आयोजना गरिएको स्थानभन्दा आधा घण्टाको पैदल दुरीमा जन्मेका हुन । राष्टिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका युवराज संग्रौलाको जन्मस्थल पनि सुभाङ नै हो । यी बाहेक सुभाङमा जन्मेका थुप्रै प्राज्ञिक व्यक्तिहरुले काठमाण्डौमा प्रभुत्व जमाएका छन ।
“पढेलेखेका हरु गाउमा नबस्ने भएकाले नै यहाँ जातीय बिभेद कायम थियो । यो सहभोजले भने अन्तरअात्मबाटै अन्त्य गर्ला कि भन्ने आशाको त्यान्द्रो पलायो । ” स्थानीय कर्ण उभरकोटिको टिप्पणी थियो ।
सहभोजमा करिब दुईसयको उपस्थिति थियो । “ कार्यक्रम आयोजना भएको छ सबैजनालाई चुले निम्तो, अब दलित जनजाती र बाहुनका घरमा आयोजना गर्ने कार्यक्रममा छुटछुट्टै चुलो बल्दैन,एउटै चुलोमा सबै जाती भान्छे भनेर निम्तो गर्दा बिश्वास लागेन कार्यक्रम शुरु भइसकेपछि पनि सबैजना आएर हामीले छोएको खाइदेलान भनेर बिश्वास लागेको थिएन र सोचेभन्दा बिपरित सबै जाती आउनुभयो, सबैले खाइदिनुभयो । स्थानीय मेनुका उभरकोटीको प्रतिकृया थियो ।
Leave a Reply