अर्जुन दास हत्या प्रकरण : शव उठाउन परिवार र स्थानीय वासिन्दाबाट अस्वीकार

दलित अनलाईन ५ पुष २०७८, सोमबार १७:१५

धनगढी  — कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको हत्यामा संलग्नलाई पक्राउ गरेर यथाशीघ्र सार्वजनिक गर्नुपर्ने माग गर्दै स्थानीय वासिन्दाले शव उठाउन अस्वीकार गरेका छन् ।

दासको हत्यामा संलग्नहरुको पहिचान भइसकेको तर प्रहरीले पक्राउ गर्न आनाकानी गरेको आरोप लगाउँदै घटनास्थल अमरावती सामुदायिक वनमा भेला भएका स्थानीयले शव उठाउन नदिएका हुन् ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेकाले परीक्षणका लागि अस्पतालसम्म लैजान दिन आग्रह गरेपनि उनीहरुले हत्यामा संलग्नलई पक्राउ गरेपछि मात्र शव उठाउन दिने अडान राखेका छन् ।

स्थानीयले अवरोध सिर्जना गर्दा मृतकको शव घटनास्थलबाट उठाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए ।

शुक्रबार साँझ घरबाट निस्किएका दास शनिबार बिहान टाउको छेदन गरेर रुखमा बाँधेको अवस्थामा भेटिएका थिए । घटनाको जिम्मेवारी लिएको टेलिफोन संवाद सार्वजनिक भइसकेको भन्दै स्थानीय वासिन्दा र आफन्तले त्यसै अडियो संवादको आधारमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank