रिंकु सदाको न्यायका लागि मुसहर संघर्ष समितिको लहानमा विशाल प्रदर्शन

दलित अनलाईन १६ फाल्गुन २०८१, शुक्रबार २०:१३

काठमाडौं— सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको न्यायका लागि दबाब स्वरूप शुक्रबार सिरहाको लहानमा  विशाल प्रदर्शन गरेका छन् ।

मुसहर संघर्ष समिति सिरहाको आयोजनामा रिंकुकुमारी सदाको न्यायका लागि दबाब स्वरूप शुक्रबार (आज) लहानमा विशाल प्रदर्शन गरेका हुन् । घटनामा संलग्न दोषीहरुलाई प्रहरीले अझै पक्राउ पर्न नसकेको र घटना दबाउन अझै षड्यन्त्र भइरहेको भन्दै उनीहरु पूर्व पश्चिम राजमार्ग पनि अबरुद्ध पारेर विरोध गरेका थिए ।  जिल्लाभरका दलित अगुवा र मुसहर समुदायका व्यक्तिहरु प्रदर्शनमा सहभागी छन् ।

उनीहरु ‘रिंकुलाई न्याय देऊ, अपराधीलाई समात्न नसक्ने असक्षम प्रहरी प्रशासन मुर्दाबाद, घटना दबाउन खोज्नेहरु होसियार जस्ता नारा लगाएका छन् । दलित अगुवा रामसुफल सदायले पीडितको न्यायका लागि प्रदर्शन गरेको बताए

सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु गत माघ २९ मा मृत फेला परेकी थिइन् । माघ २७ मा सामुहिक बलात्कृत भएकी उनलाई घटना बाहिर नलग्न पंचायतमार्फत दबाब दिएको थियो । त्यसको विहानपल्टै रिंकु घरमै मृत फेला परेकी थिइन् ।

जाहेरी परेकामध्ये कोही पक्राउ पर्न सकेका छैनन् । प्रहरीले पंचायतमा संलग्न रहेको भन्दै जाहेरी बाहिरका तीन जनामाथि अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank