नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति

दलित अनलाइन साउन २०, २०८३

काठमाडौँ —  स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राखी विगत साउन  १४ गतेदेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबिच गएराति १९ बुँदे सहमति भएको छ।

सहमतिसँगै रानाभाटने आफ्ना सम्पूर्ण अनसनका कार्यक्रमहरू अन्त्य गरेकी छिन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, ब. मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र ओझा र कानुन अधिकृत जय प्रसाद सुबेदी तथा अभियन्ता रानाभाटबिच सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमति अनुसार सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि ७ दिनभित्र कार्यदल गठन गरी ६ महिनाभित्र काम सम्पन्न गरिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank