कांग्रेसले दिएको दलित अधिकार नेकपाले खोस्याे !

दलित अनलाईन २९ आश्विन २०७६, बुधबार १७:५२

काठमाडाैं-पूर्व विज्ञान तथा प्रविधि राज्यमन्त्री, सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानवहादुर विश्वकर्माले कांग्रेसले दिएको दलित अधिकारलाई आफुलाई क्रान्तिकारी, प्रगतिशिल, वामपन्थी र माक्र्सवादी भन्ने पार्टीको सरकारले खोसेको आरोप लगाएका छन् ।
उनले २७ असोजमा ग्लोबल एलाएन्स फर सोसियल जस्टिस भन्ने समूहले आयोजना गरेको अन्तर्राष्ट्रिय जाति विभेद विरुद्धको सम्मेलन कार्यक्रममा सो विचार व्यक्त गरेका हुन । विश्वकर्माका अनुसार अहिले नेपाल सरकारको तर्फवाट केही अपवादलाई छोडेर जति पनि दलितका लागि सुविधा लगायत आरक्षणको व्यवस्था भएको छ त्यो सबै नेपाली कांग्रेसले गरेको र यसमा आफुलाई वामपन्थी र माक्सर्वादी क्रान्तिकारी भन्ने पार्टीको सरकारले त्यसमा वढोत्तरी गर्नु त कता हो कता त्यसलाई ध्वस्त पार्न अग्रसर रहेको वताएका छन् । उनले अगाडि भने चाहे त्यो निजामति सेवामा भएको ९ प्रतिशतको आरक्षण होस, मेडिकल तथा इन्जिनियरि¨मा गरिएको १५ प्रतिशतको छात्रवृत्तिको व्यवस्था होस ती सवै उनको व्यक्तिगत प्रयासमा नेपाली कांग्रेसले गरेको उल्लेख गरे । चाहे त्यो गीरिजाप्रसाद कोइरालाको पालामा व्यवस्था गरिएको उपेक्षित उत्पीडित दलित विकास समिति होस, वा शेरवहादुर देउवाले व्यवस्था गरेको राष्ट्रिय दलित आयोग होस ।
उपेक्षित उत्पीडित दलित विकास समितिले आफुले पाएको सीमित वजेटवाट भए पनि वितरण गरेको उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमवाट ७ हजार भन्दा वढि दलित विद्यार्थीहरु लाभान्वित भएको, उसको सहयोग वाट संचालित हुने लोकसेवा तयारी कक्षा मार्फत सयौंको संख्यामा निजामति सेवामा दलितले प्रवेश गरेका छन् । यी सवै उपलव्धीलाई वढाउनु त कता हो कता, स्थानीय तहमा माग गरिएको ९ हजार दरवन्दीमा दलित लगायत अन्य सीमान्कृत समुदायको कोटा कटाएर आफुलाई के सावित गर्न खोजेको हो ? के यसवाट आम दलित समुदाय खुशी हुनु पर्ने हो । त्यति मात्र नभईकन २०४९ र २०५३ को पुरानो निजामति सेवा ऐनलाई विस्थापित गर्न ल्याएको नयाँ निजामति विधेएकले दलितलाई जुनसुकै पदमा भए पनि एक पटक भन्दा वढी आरक्षण नदिने षडयन्त्र गरि रहेको छ । यदि यसो भयो भने उच्च पदमा दलित पुग्ने अवस्था समाप्त भएर जाने छ । दलित तथा अन्य सीमान्तकृत समुदाय जुन पदमा प्रवेश गरेका हुन त्यहि पदमा अवकाश पाउने अवस्थाको श्रृजना नहोला भन्ने के ग्यारेन्टी ?
विश्वकर्मामाले नेपाली कांग्रेस भित्र केही व्यक्तिहरु आरक्षण विरोधी होलान तर हामी पार्टीभित्र रहेर त्यसको विरुद्ध निरन्तर संघर्ष गरि रहन्छौं र पार्टीलाई कुनै पनि अवस्थामा दलित विरोधी हुन दिदैनौ, किनभने २०५६ सालको प्रतिनिधि सभाको चुनावमा कुनै पनि दलित उम्मेदवारलाई नेपाली कांग्रेसले टिकट नदिदा मेरो नेतृत्वमा पार्टीको नीति विरुद्ध अनसन वसेका थियौं, त्यस पश्चात पार्टीले दलितका लागि आरक्षण लगायका व्यवस्थ गर्ने लिखित सम्झौता हामीसँग गरेको थियो । मैले व्यक्तिगत रुपमा पनि दलितको अहित हुने कुनै पनि कार्यको चाहे त सरकारमा होस वा पार्टीमा खवरदारी र विरोध दुईटै गर्ने गरेको छु । तर अहिले विडम्वना हेर्नुस आफुलाई क्रान्तिकारी पार्टी भन्नेको सरकारले दलितका सवै अधिकारहरु एक पछि अर्को हरण गर्दै जांदा पनि त्यस पार्टी दलित नेताहरु चुप लागेर वसेका छन् । हामीले वर्तमान सरकारको दलित विरोधी नीतिको निरन्तर खवरदारी तथा विरोध गर्ने छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank