जातीय विभेद प्रोत्साहन गर्नेलाई सामान्य ध्यानाकर्षण मात्र किन प्रधानमन्त्री ज्यू ?

दलित अनलाईन १५ असार २०७८, मंगलवार १८:०२

काठमाडौं—  शिक्षामन्त्री  कृष्णगोपाल श्रेष्ठले जातीय विभेदको आरोप लागेको घरबेटीलाई संरक्षण गरेको विरोधमा दलित अधिकारकर्मीहरुले देशभरी विरोध प्रदर्शन गदै शिक्षामन्त्रीको दैनिक पुत्ला दहन गरिरहेका छन् ।

जातीय विभेदका आरोपीलाई प्रहरी कार्यालयमै गएर शिक्षामन्त्रीले छुटाएर गाडीमा आफुँसँगै राखेर लिएर हिँडेपछि जातीय विभेदलाई प्रोत्साहन गरेको भन्दै मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गदै प्रत्येक दिन दलित अधिकारकर्मीहरुले पुत्ला दहन गरिरहेका हुन् ।

काठमाडौबाट सुरु भएको शिक्षामन्त्रीको पुत्ला दहन र बर्खास्तको चर्को माग भइरहेको बेला शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्री केपी ओलीले त्यस्ता गतिविधि नगर्न सामान्य ध्यानाकर्षण मात्र गराएका छन् । शिक्षामन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले बर्खास्त र कारबाही गर्ने सक्ने अड्कलबाजी अधिकारकर्मीहरुले गरे पनि प्रधानमन्त्रीले शिक्षामन्त्रीलाई उल्टो संरक्षण गदै छुवाछूत गर, तर धेरै नगर भन्ने भाषामा घुमाउँरो ढंगबाट राज्य संरक्षित छुवाछूत बनाउन खोजेको धेरैले अनुमान गरेका छन् ।

सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी ओलीले  मन्त्री श्रेष्ठलाई सामान्य रुपमा ध्यानाकर्षण मात्र  गरे  ।  आवेगमा आएर यस्तो काम नगर्न प्रधानमन्त्रीले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । ‘यस विषयमा प्रधानमन्त्रीज्यूले हिजो शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको छ,’ मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘क्याबिनेट मन्त्रीबाट यस्तो काम हुन नहुने हो, गल्ती भएको छ, त्यसलाई हामीले स्वीकार गर्नुपर्छ ।’

यस विषयमा प्रधानमन्त्रीज्यूले हिजो शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको छ,’ मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘क्याबिनेट मन्त्रीबाट यस्तो काम हुन नहुने हो, गल्ती भएको छ, त्यसलाई हामीले स्वीकार गर्नुपर्छ ।’

मन्त्री श्रेष्ठले कानुन मन्त्रालय सम्हालेको ६ महिनाको अवसरमा पत्रकार सम्मेलन गरेका थिए ।  यो अवधिमा सम्पन्न गरेको काममा उनले जातीय छुवाछुत तथा विभेदविरुद्धका अभियान सञ्चालन गर्न बजेट व्यवस्था गरिएको बताए । एकातर्फ विभेदविरुद्ध अभियान सञ्चालन गर्न बजेट व्यवस्था गर्ने र अर्कोतर्फ सरकारकै मन्त्रीले जातीय विभेदको घटनामा आरोपीलाई संरक्षण गरेको विषयमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री श्रेष्ठले शिक्षामन्त्रीबाट गल्ती भएको बताएका हुन् ।

पत्रकार रूपा सुनारलाई जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ गत साता प्रहरी कार्यालय पुगेका थिए । छुटेपछि आफ्नै गाडीमा राखेर त्यहाँबाट लिएर गएका थिए । जातीय विभेदलाई प्रोत्साहन गरेको भन्दै मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग भइरहेको छ । प्रधानमन्त्रीले मन्त्रीको श्रेष्ठको ध्यानाकर्षण मात्र गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank