काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गर्दै ज्ञापनपत्र बुझाएपछि सामाजिक संजालमा सांसद नविना लामाको चर्को आलोचना भएको छ ।
कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै बिहीबार उनको नेतृत्वमा गएको एक टोलीले गृह मन्त्रालयमा पुगेर आइजिपी खनालको बर्खास्तको माग गरेको थियो । उनले विद्यार्थी संगठनका पदाधिकारीहरुसँग कुनै छलफल नै नगरी विद्यार्थी संगठनका नाममा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएकी हुन् ।
आइजिपीको बर्खास्त माग गरेलगत्तै सामाजिक संजालमा उनको व्यापक आलोचना भएको छ । सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरुले आइजीपी खनालको राजीनामा माग्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएपछि त्यसप्रति विद्यार्थी नेताहरुले कडा आपत्ति जनाएका छन् ।
सांसद नविना गत महिना महानगरीय अपराध महाशाखाले गुण्डा नाइके सत्यमान लामालाई पक्राउ विभिन्न कसुरमा मुद्दा चलाएपछि सांसद नविना प्रहरीविरुद्ध खनिएकी थिइन । उनले दुबै विद्यार्थी संगठनको आधिकारिक छलफल, बैठक र निर्णयबिना केही साथीहरुलाई बटुलेर सस्तो लोकप्रियताका लागि प्रहरी महानिरीक्षकको राजीनामा मागेको आरोप लगाएका छन् ।
Leave a Reply