सामाजिक सञ्जालमा सांसद नविना लामाको सत्तोसराप !

दलित अनलाईन १९ आश्विन २०७५, शुक्रबार १४:५१

काठमाडौं –  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गर्दै ज्ञापनपत्र बुझाएपछि सामाजिक संजालमा सांसद नविना लामाको चर्को आलोचना भएको छ ।

कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै बिहीबार उनको नेतृत्वमा गएको एक टोलीले गृह मन्त्रालयमा पुगेर आइजिपी खनालको बर्खास्तको माग गरेको थियो । उनले विद्यार्थी संगठनका पदाधिकारीहरुसँग कुनै छलफल नै नगरी विद्यार्थी संगठनका नाममा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएकी हुन् ।

आइजिपीको बर्खास्त माग गरेलगत्तै सामाजिक संजालमा उनको व्यापक आलोचना भएको छ । सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरुले आइजीपी खनालको राजीनामा माग्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएपछि त्यसप्रति विद्यार्थी नेताहरुले कडा आपत्ति जनाएका छन् ।

सांसद नविना गत महिना महानगरीय अपराध महाशाखाले गुण्डा नाइके सत्यमान लामालाई पक्राउ विभिन्न कसुरमा मुद्दा चलाएपछि सांसद नविना प्रहरीविरुद्ध खनिएकी थिइन । उनले दुबै विद्यार्थी संगठनको आधिकारिक छलफल, बैठक र निर्णयबिना केही साथीहरुलाई बटुलेर सस्तो लोकप्रियताका लागि प्रहरी महानिरीक्षकको राजीनामा मागेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank