पाल्पाको जोर्तेमा स्कार्पियोलाई ढुंगाले थिच्दा तीन जनाको  मृत्यु, ८ जना घाइते 

दलित अनलाईन १३ भाद्र २०८०, बुधबार १०:२६

पाल्पाकाे ब्दिकोट गाउँपालिका-३ जोर्तेमा पहिरोसहित आएको ढुंगाले स्कार्पियो थिच्दा तीन  जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी वीरेन्द्र थापाका अनुसार घाइतेहरुको उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज पठाइएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक जना महिला छन् । दुर्घटना बिहान ८:१५ मा भएको हो ।

गुल्मीको तम्घासबाट बुटवलका लागि हिँडेको लु १ज ४६०० नम्बरको कालो प्लेटको स्कार्पियो गुडिरहेका बेला माथिबाट ढुंगा सहितको पहिरो झरेर दुर्घटनामा परेको हो । सो सडक वर्षौदेखि निर्माणाधिन अवस्थामा छ । साँघुरो र उकालो  भएका कारण जोर्तेमा सधै दुर्घटनाको जोखिम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank