गृहमन्त्री गुरुङले दिए प्रष्टिकरण : मैले लिएको रकम बैंकिङ मार्फत हो र समयमै कर्जा फिर्ता गरिसके

दलित अनलाइन बैशाख ७, २०८३

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले आफूलाई बिचौलिया दीपक भट्टसँग जोडेर सार्वजनिक गरिएको विषयमा सामाजिक सञ्जालमार्फत विस्तृत प्रष्टिकरण दिएका छन् । पछिल्ला दिनमा सार्वजनिक बहसको विषय बनेको उक्त प्रकरणबारे उनले तथ्यभन्दा बढी अनुमानका आधारमा आरोप लगाइएको बताएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको स्टाटसमा मन्त्री गुरुङले उक्त विषय करिब दुई वर्षअघिको कारोबारसँग सम्बन्धित रहेको उल्लेख गर्दै आफूले लिएको रकम बैंकमार्फत आएको र त्यसको अभिलेख स्पष्ट रहेको दाबी गरेका छन् । “पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,” उनले उल्लेख गरेका छन् ।

Cg

उनका अनुसार उक्त रकम औपचारिक रूपमा ऋण (कर्जा) का रूपमा लिइएको थियो र त्यसको लिखित तमसुकसमेत तयार गरिएको थियो । उनले तोकिएको समयसीमाभित्रै बैंकिङ माध्यमबाट रकम फिर्ता गरिसकेको बताएका छन्। “मैले लिएको रकम कर्जा मार्फत जुटाइएको हो र समयमै बैंकिङ प्रणालीमार्फत फिर्ता गरिएको छ,” उनले स्पष्ट पारेका छन्।

मन्त्री गुरुङले आफूलाई बिचौलियासँग जोडेर लगाइएका आरोपहरू अस्वीकार गर्दै कुनै व्यक्तिले गरेको सम्भावित गैरकानुनी कार्यका आधारमा सबैलाई एउटै रूपमा दोषी ठहर गर्न नमिल्ने धारणा राखेका छन् । “यदि कसैले गैरकानुनी काम गरेको छ भने त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्छ,” उनको भनाइ छ।

‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ सम्बन्धी उठाइएका प्रश्नबारे उनले सम्बन्धित निकायहरूले प्रक्रिया अनुसार मूल्याङ्कन गरिरहेको जनाउँदै गृह मन्त्रालय वा अन्य निर्णय प्रक्रियामा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको दाबी गरेका छन् ।

NTC

उनले विषयलाई अनावश्यक रूपमा राजनीतिकरण गरिएकोप्रति असन्तुष्टि जनाउँदै तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्न आग्रह गरेका छन् । “प्रक्रिया र प्रमाणबिना आरोप लगाउनु उचित हुँदैन,” उनले भनेका छन्।

मन्त्री गुरुङले आवश्यक परे अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको पनि बताएका छन् । साथै, सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति संकेत गर्दै उनले कसैलाई बिचौलिया वा दोषीका रूपमा चित्रित गर्नु र कानुनी रूपमा दोषी ठहर हुनु फरक विषय भएको उल्लेख गरेका छन्।

“निर्णय भावना होइन, प्रमाणका आधारमा हुनुपर्छ,” उनले भने, “अनुमानका आधारमा कसैलाई दोषी करार गर्नु न्यायोचित हुँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank