जातीय उत्पीडन अन्त्य गर्नेछौं : प्रधानमन्त्री

दलित अनलाईन ३१ चैत्र २०७७, मंगलवार १०:४८

काठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट नीति र कार्यक्रमहरुका साथ अगाडि बढेर जातीय उत्पीडन अन्त्य गर्ने बताएका छन् ।
नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उत्पीडन विरुद्धको आन्दोलन उपलब्धि पूर्णरुपमा अघि बढेको र अझै सचेत प्रयास जारी रहेको बताउँदै स्पष्ट नीति र कार्यक्रमहरु सरकारले ल्याउने बताएका हुन् ।

स्पष्ट नीति र कार्यक्रमहरुका साथ अगाडि बढेर जातीय उत्पीडन अन्त्य गर्नेछौं प्रधानमन्त्री ओलीले भने,’ जातीय भेदभाव, उत्पीडनको अन्त्यलाई सफलतापूर्वक अघि बढाएका छौं, अझै बढाउँदै जानेछौ ।’ यस आन्दोलनलाई असफल बनाउन विभिन्न प्रतिक्रियावादी शक्तिहरु लागेको पनि उनले चर्चा गरे ।


उपप्रधानमन्त्री ईश्वर पोखरेलले दलित समुदायको लागि सरकारले स्पष्ट नीति कानुन बनाएर बनेका कानुनहरुको कार्यान्वयनमा जाने बताए । सरकारले दलित समुदायको अधिकारको संरक्षण र प्रवृद्र्धनमा लाग्ने विश्वस व्यक्त गरे ।
पार्टीको आधिकारिक   संगठन नै मुक्ति समाज भएको बताँउदै देशभरीका दलित समुदायहरु कहीकतै विचलन नभई संस्थापन पार्टीमै आउने समेत पोखरेलले आग्रह गरे ।


स्थायी कमिटी सदस्य पुर्व मन्त्री तथा सांसद छविलाल विश्वकर्माले नेपालको इतिहासमा नेपाल उत्पीडित जातिय मुक्ति समाजले दलित समुदायको मुक्तिको लागि खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै सबै एकजुठ भएर लाग्नुपर्ने बताए । आफुँहरुको संगठन नै आधिकारिकता र स्पष्ट विचार  सिद्धान्त बोक्ने भएको हुँदा कहीकतैबाट प्रभावित र विचलन नहुँन दलित समुदायलाई आग्रह गरे ।

जीतु गौतम संयोजकत्वमा नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलाबाट ५ सय ५१  सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन भएको छ । मुक्ति समाज नेपालको  बृहत् राष्ट्रिय भेलाले विभिन्न महत्त्वपूर्ण १५ बुँदे विशेष प्रस्तावहरु पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank