उप्रेती भारत, पाण्डे मलेसियाका लागि राजदुत सिफारिस

दलित अनलाईन ३२ असार २०७५, सोमबार २३:४९

काठमाडौं– सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । त्यस्तै, उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो । पाण्डे साउदी अरेवियाका पूर्व राजदूत हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उप्रेती र पाण्डेको सिफारिस भएको जानकारी दिनुभयो । राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि र युएइको राजदुतमा परराष्ट्र मन्त्रालयबाटै सिफारिस गरिने सभ्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank