प्रहरीको कुटाईबाट विजयराम चमारको मृत्युु ! मृत्युु होइन, हत्या हो : मृतक परिवार

दलित अनलाईन ११ भाद्र २०७७, बिहीबार १२:४३

मृत्युु होइन, हत्या हो : मृतक परिवार

 

रौतहट—रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही ठाँउका १९ वर्षीय विजयराम चमारको प्रहरीको कुटपिटपछि  वीरगञ्ज मेडिकल कलेजको आईसियु कक्षमा  मृत्युु भएको छ ।

मृतक निरञ्जनको घटनामा संलग्न रहेको भन्दै प्रहरीले  विजयलाई पक्राउ गर्दै बल प्रयोग गरेर जवर्जस्ती कबुल गराउन हिरासत भित्र कुटपिट गरिएको र प्रहरीको कुटाइबाट घाइते भएका विजयलाई  वीरगञ्ज मेडिकल कलेजको आईसियु कक्षमा  राखेर उपचार गर्ने क्रममा गत राति साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले पुुष्टि गरेका छन् । मृतकको शव हाल नेशनल मेडिकलमै रहेको प्रहरीले जनाएको छ ।

गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकिन्द्र राम, १९ वर्षीय बिजयराम चमार तथा शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो ।

शेख आजादको परिवारका एकजना महिलासँग अवैध सम्बन्ध रहेकै कारण आजादकै योजना अनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गरिएको प्रहरीको निष्कर्ष रहेको छ ।

पक्राउ परेकाको बयान र प्रमाणको आधार देखाउँदै गत १ गते ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले सातै जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालतबाट म्याद समेत थमाएर सोही दिन सार्वजनिक गरेका थिए ।

उता सार्वजनिक भएको भोलिपल्टदेखि नै विजयका परिवार तथा दलित संघर्ष समिति रौतहटले चरणबद्ध रुपले गरुडा प्रहरीको बिरोधमा दलित अधिकारकर्मीहरुले प्रदर्शन तथा आन्दोलन गर्दै आएका छन् ।

आफ्नो निर्दोष छोरालाई हत्यामा फसाउन प्रहरीले हिरासतमा यातना दिएर आरोप कबुल गराएको मृतक विजयराम चमारका बुवा पनीलाल राम चमारको दाबी छ । प्रहरीले हत्याका मुख्य योजनाकारला ई छोडेको र यातनाको भरमा आरोप कबुल गराएकै कारण विजयराम चमार यातना सहन नसकेर मृत्युु भएको उनले आरोप लगाए । प्रहरीको कुटाइबाट छोरा विजयराम चमारको हत्या भएको बाबु पनिलालको आरोप छ ।‘यो कुनै हालतमा मृत्यु होइन , हत्या हो ।’

जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले पनिलाल रामको ओरोपको खण्डन गर्दै बिजयराम ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा हुँदा पिसाबमा समस्या देखिएपछि उनलाई स्थानीय अनामिका अस्पतालमा उपचारका  लागि भर्ना गरेको बताए ।नेशनलमा बिजयरामको पीसीआर परीक्षण गरी किड्नीको दुईपटक डायलासिस समेत गरेको र दुईटै किड्नीले काम गर्न छोडेको कारण गत राति मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठको दाबी छ ।

यसैबीच चमारको मृत्युुको खबरले गरुडा क्षेत्रमा अहिले तनाव बढेको छ । गरुडामै अहिले दलित अगुवाहरु बसेर अगामी रणनीति बारे छलफल गरिरहेका छन् । छलफलपछि प्रहरी बिरुद्धको आन्दोलन अगाडी बढाउने एकजना दलित अगुवा राजगिर राम चमारले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank