राष्ट्रिय सभामा आज विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने

दलित अनलाईन २४ असार २०७५, आईतवार ०६:४१

काठमाडौं – आर्थिक वर्ष २०७५–०७६ को वार्षिक बजेटको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रम राष्ट्रियसभामा आजदेखि सुरु हुँदैछ ।

११ विभागीय मन्त्रीहरूले आइतबार मन्त्रालयगत शीर्षकमा भएको छलफलको जवाफ दिनुहुनेछ । विनियोजन विधेयक प्रतिनिधिसभाले पारित गरेर जानकारीका लागि राष्ट्रियसभामा पठाएको हो ।

जवाफ अन्तर्गत आज सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, कृषि भूमि व्यवस्था तथा सहकारी, उद्योग वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, संघीय मामिला तथा सामान्य प्रशासन, गृह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ । ११ वटै मन्त्रालयको छलफल असार २० गते भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank