भाइरलब्वाई सचिन परियारको गीत ट्रेन्डिङ नम्बर १ मा

दलित अनलाईन २४ पुष २०७७, शुक्रबार ११:००

 

काठमाडौं — पछिल्लो समय सामाजिक सन्जालमा भाइरल बाल गायक सचिन परियारको पहिलो गीत युटुबको ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल भएको छ । पाँचदिन अघि लेकसाइड टिभीको युटुब च्यानलबाट रिलिज ‘ओठ खोलेर’ बोलको गीतलाई छोटो समयमा अत्याधिक भ्युज मिलेको छ ।

सचिन परियार, रविना बसेल, अर्जुन कुँवर र अस्मिता बुढाथोकीको सुमधुर आवाज रहेको गीतमा महेन्द्र भण्डारीको संगीत रहेको छ । गणेश अधिकारीको शब्द रहेको छ । गीतलाई दर्शक स्रोताले एकदमै रुचाएका छन् । पाँच दिनको अवधिमा गीतलाई युटुबमा २४ लाख बढी भ्युज, एक लाख २५ भन्दा बढी लाइक र ६ हजार बढी सकारात्मक कमेन्ट मिलेको छ । गुल्मीका सचिनको यो पहिलो गीत हो ।
गीतका निर्माता लेकसाइड टिभीका सन्चालक सविन छेत्री हुन् ।

गीतको भिडियोमा सचिन, रबिनालाई देख्न सकिन्छ । सचिन र रबिनाका अलवा मोडल करिश्मा ढकाल, सबिन छेत्री,अर्जुन कुँवर ,एलिना रायमाझी लगायतला कलाकारहरु पनि भिडियोमा फिचर्ड छन् । भिडियोलाई स्मृति तिमिल्सिना गुरु आमाले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले आकर्षक फ्रेममा खिचेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् ।

हेर्नुस् भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank