सॉच्चै म यो देशको नागरिक हुॅ भने, म यो धर्तीमा मानव भएर मर्न चाहॉन्छु। र मर्नु भन्दा एक मिनेट अघिसम्म भएपनि आत्मसम्मान सहित एक मुठ्ठि श्वास फेर्न चाहॉन्छु। मलाई अरु बन्नु अघि तिमी जस्तै मानव बन्नु छ।
आज उच्च अदालत पाटनले, काठ्मान्डौ जिल्ला अदालतको फैसलालाई पुनः सदर गरेको छ। म जातिय विभेदको मुद्दामा म हारेको छैन । तर आज उच्च अदालतले मेरो प्रमाण सबुत बलियो हुदाहुदै पनि वर्ण व्यवस्थामा आधारित जातव्यवस्थाको संरचनाले नियतवश हराईएको छ।
मैले बुझेको छु। जातिय विभेदको मुद्दा अन्य मुद्दा भन्दा फरक मुद्दा हो। यस्तो मुद्दामा लड्नु भनेको सरकारलाई नै चुनौतीको विषय, समाज विरोधि र मानव विरोधि मुद्दाकै रुपमा हेरिन्छ र लिईन्छ।
जहॉ जसले विभेद गर्छ, उसैसंग न्यायको लागि लडेर न्याय पाउने कुरा असम्भवकै कुरा हो। त्यसैले म माथि विभेद भएको कुनै सर्वसाधरण व्यक्तीबाट भएको होईन। घरबेटी श्रीकृष्ण बिडारी नेपाल सरकार गृहमन्त्रालय मातहतका प्रशासकिय अधिकृत हुन। जसले कानुनलाई कुल्चेर विभेद गरे।
यो मुद्दा श्रीकृष्ण बिडारी विरुद्द नभई सरकार विरोधी मुद्दा बने झै भयो। र प्रमाणको आधारमा उच्च अदालत पाटनमा मा न्या श्री सुभाष पौडेल र मा न्या श्री सुदर्शनराज पाण्डे डबल ईजलाशले गुमेको आत्म सम्मान्नको महसुस गर्नै दिएन।
अब कसरी मैले न्याय पाउन सक्थ्ये स्वयंम सरकारकै कर्मचिरीले विभेद गर्छ र मुद्दा पनि सरकारवादी हुन्छ भने रु बरु सरकार हार्यो तर आफ्नै सरकारी कर्मचारीलाई विभेद गरे वाफत कार्वाही गरेर मलाई आत्मसम्मानको प्रत्याभूत गर्न लाचारी बन्यो। त्यसकारण यो मुद्दा श्रीकृष्ण बिडारी विरुद्द नभई सरकार विरोधी मुद्दा बने झै भयो। र प्रमाणको आधारमा उच्च अदालत पाटनमा मा न्या श्री सुभाष पौडेल र मा न्या श्री सुदर्शनराज पाण्डे डबल ईजलाशले गुमेको आत्म सम्मान्नको महसुस गर्नै दिएन।
अब कसरी यो देशको नागरिक भनेर यो समजमा सम्मानपुर्वक बॉच्न सकिन्छ रु र अहिले पिंढीले थरकै कारण विभेदको सिकार हुनुपर्ने हो रु दलितहरुको राष्ट्र, राष्टियता र पहिचान के हो भन्ने प्रश्नको जवाफ नेपाल सरकारले दिनुपर्छ। र सबै नागरिकलाई सम्मानपुर्वक विना भेदभाव बॉच्न पाउने अधिकारको सुनिश्चितता सरकारले गर्नुपछ॔।
अब मैले गुमेको आत्मसम्मान पाउन के गर्नुपर्छ रु सबैले सुझाव दिनुहोला। म यसै चुप बस्न सक्दिन। यो अन्तिम लडाई हो। कति दिन विभेद सहेर मर्ने। बरु मर्नु अघि आत्मसम्मानका साथ एक मुठ्ठी शावास फेरेर मर्न चाहॉन्चु। मलाई अरु बन्नु अघि यो नेपाली भूमिमा म मानव भएर मर्न चाहॉन्छु।
२०७६ साल देखि आजका मिति ०७९ असार ०६ गते सम्म जातिय विभेद विरुद् अनावरत रुपमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण आदरणिय व्यक्तित्वहरु र कानुनी रुपमा निशुल्क वहस पैरवीमा खट्नु हुने सम्पुर्ण विद्वान वकिल ज्युहरुलाई हृदय देखि धन्यवाद चिन चाहान्छु। र यसै गरि आजको वहसमा दमदार प्रस्तुति गर्नु हुने सरकार तर्फबाट विद्वान सह न्यायधिवक्ता चन्द्र प्रसाद संजेल ज्युलाई पनि हृदय देखि धन्यवाद दिन चाहान्छु ।
Leave a Reply