मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी : वनराज्यमन्त्री आशा विक

दलित अनलाईन २७ जेष्ठ २०७८, बिहीबार १३:०५

काठमाडौं  —दुई राज्यमन्त्री सहित १७ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्दा जनजाति र महिलाको प्रतिनिधित्व गराएपनि दलित समुदायबाट एक जनालाई पनि मन्त्री नबनाएपछि विभिन्न कोणबाट प्रश्न उठाई रहेका बेला प्रतिनिधि सभाका सदस्य  आशाकुमारी विक बन राज्यमन्त्रीमा  नियुक्त हुन लागेकी  छिन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका गृह मन्त्रीमा खगराज अधिकारी र सञ्चार मन्त्रीमा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रूपमा गणेश पहाडी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, वन तथा वातावरण मन्त्री नारदमुनी राना र कृषि मन्त्रीको रूपमा ज्वाला कुमारी साहलाई शपथ खुवाउने तयारी गरिएको छ ।

यस्तै वनराज्यमन्त्री आशा विक र  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मोहन वानियाँलाई   अपरान्ह ४ बजे शपथ खुवाउने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank