जलरङ महोत्सवका लागि चालीस देशका कलाकृति सङ्कलन

दलित अनलाईन ११ मंसिर २०७५, मंगलवार २२:३७

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले आयोजना गर्न लागेको दोस्रो ‘अन्तर्राष्ट्रिय जलरङ महोत्सव’का लागि विभिन्न ४० मुलुकका २७० कलाकृति सङ्कलन गरिएको छ।

यही मङ्सिर १७देखि २३ गतेसम्म काठमाडौँदेखि लुम्बिनीसम्म गरिने महोत्सवको पहिलो दिन नेपाल कला परिषद्मा उद्घाटन गरी औपचारिकता दिइनेछ भने महोत्सवको कार्यशाला लुम्बिनीमा गरिनेछ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष एनबी गुरुङले मुलुकका कला पर्यटनको राम्रो सम्भवाना रहेको बताउँदै विदेशी कलाकारलाई स्वदेशका विभिन्न पर्यटकीयस्थल, सौन्दर्यस्थल, मनोरम दृश्यबारे जानकारी गराई नेपाल भ्रमण वर्षमा पर्यटक अभिवृद्धि गर्ने लक्ष्य राखिएको बताए।

महोत्सवमा आएका विदेशीले नेपालका विभिन्न धार्मिकस्थल तथा विश्व सम्पदामा सूचीकृत स्थलका चित्र सिर्जना गर्नेछन्। महोत्सवमा उत्कृष्ट कलाकारको छनोट गरी सम्मान गरिनेछ।

नेपाल सांस्कृतिक संस्थान, नेपाल पर्यटन बोर्डलगायत संस्थाको समन्वयमा हुने उक्त महोत्सव करीब रु २५ लाखको लागतमा सम्पन्न गरिने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank