सोती घटनाको प्रतिवेदन प्रधानमन्त्री कार्यालय पठाइयो

दलित अनलाईन साउन १३, २०७७

काठमाडौँ—रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको सामूहिक हत्या घटनाका सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका तर्फबाट सरकारका मुख्य सचिवलाई सम्बोधन गरेर प्रतिवेदन सहितको पत्र पठाइएको हो । सिफारिस कार्यान्वयन गर्न प्रतिवेदन पठाइएको हो ।
अधिवेशन नचलेको अवस्था रहे पनि शीघ्र कार्यान्वयन आवश्यक रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनअनुसार प्रतिवेदन पठाइएको हो । सचिवालयले गरेको पत्राचारमा भनिएको छ,‘प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूसमक्ष मिति ०७७÷०३÷३० गते पेस गरेको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि सम्माननीय सभामुखज्यूको आदेशानुसार पठाइएको व्यहोरा अनुरोध गर्दछु । ’ असार ३० गते छानबिन समिति संयोजक देवेन्द्र पौडेलले सभामुखसमक्ष प्रतिवेदन हस्तान्तरण गरेका थिए । जेठ २६ गते बसेको प्रतिनिधिसभा बैठकले घटना अनुसन्धानका लागि पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।
के छ प्रतिवेदनमा ?
समितिले घटनालाई अन्तरजातीय सम्बन्धका कारण उत्पन्न भएको निष्कर्ष निकालेको छ । यस्तै घटना दोहोरो झडप नभई एकपक्षीय रूपमा गराइएको निष्कर्ष समितिले निकालेको छ । यस्तै ठूलो समूह मिलेर नै आक्रमण गरी नवराज विकसहित छ जनाको हत्या भएको निष्कर्ष निकालेको छ । समितिले घटनामा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सुझाव दिएको छ ।
समितिले संवैधानिक र कानुनी प्रावधान कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । समानता र स्वतन्त्रताको हक कार्यान्वयन गर्न तथा संवैधानिक आयोग गठनको विषयलाई पनि यथाशीघ्र प्राथमिकतामा राख्न समितिले सरकारको ध्यानाकर्षण गराएको छ । समितिले पीडित परिवारलाई राज्यका तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउन सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank