अमेरिका — गैरआवसीय नेपाली संघ (एनआरएनए)को अमेरिका,कोलोराडो च्याप्टरको कोषाध्यक्ष पदमा युवा नेतृत्व आजको आवश्यकता र सबैको चाहाना भन्ने मुल नारा सहित दिपक सुनुवारले उम्मेद्धारी घोषणा गरेका छन् ।
उनी एनआरएनए कोलोराडो च्याप्टरका बर्तमान युवा संयोजक समेत हुन । संस्थाको गरिमालाई उच्च राखी एनआरएनए लिएका उदेश्यहरु परिपूर्ति गर्नका लागी योगदान गर्न आफूले उक्त पदमा उम्मेद्धारी घोषना गरेको सुनवारले जनाएका छन् ।
अमेरिकाको कोलोराडोमा लामो समयदेखी समाजिक कार्यमा क्रियाशिल हुदै आएका सुनुवार जातिय भेद बिरुद्द बिश्व मञ्च (ग्लोवल फोरमका)का कोषाध्यक्ष र ख्याति प्राप्त मास्टर पलम्बर हुन । उनको आफ्नो एभरेष्ट पलम्बिङ्ग कम्पनी रहेको छ । सबै पक्षलाई समेटेर गैरअवासीय नेपालीहरुको हक हित काम गर्न आफुले सक्दो भूमिका खेल्ने सुनुवार बताएका छन् ।
Leave a Reply