कारभित्र हत्य प्रकरण : दोषी नसमातिएसम्म शव नलिने परिवारको अडान

दलित अनलाईन २१ बैशाख २०७८, मंगलवार २१:५२

 

काठमाडौं— घरबाट एकाएक हराएका चार बालक भारतीय कारभित्र रहस्यमय ढंगमा मृतक अवस्थामा भेटिएका बालकका आमा बाबुहरुले छोराहरुको शव बुझ्न अस्वीकार गरेका छन् ।
बैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालकको रहस्यमय ढंगबाट मृतक भेटिएपछि घटना सुनियोजित भएको आंशका परिवारले गरेका छन् । परिवारले आफ्ना छोराहरुको मृत्यु नभएर हत्या नै भएको आशंका गदै बुझ्न अवस्वीकार गरेका छन् ।
वडा नं. ६ स्याउली बजारमा पार्किङ कारभित्र सोही वडा बरुवाउँका किरण परियारका छोरा ६ वर्षीय करण परियार, स्थानीय सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँका स्थानीय भीमबहादुरका छोरा ९ वर्षीय सन्दीप परियार मृत अवस्थामा फेला परेका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले अभिभावकहरुले घटना भएको चार दिनसम्म पनि शव बुझ्न नमानेको बताए ।
पीडित पक्षसँग बुधवार फेरि क्षतिपूर्ति उपलब्ध गराउने बारेमा छलफल हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, तुलसीपुर नगरका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित आयोगका केन्द्रीय अध्यक्ष देवराज बिश्वकर्मा, प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द बसेर समस्या समाधानका लागि छलफल गर्ने निर्णय भएको डिएसपी सिंहले जानकारी दिए।
प्रहरीले घटना अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुर र प्राविधिक झिकाएको थियो । त्यस्तै शवको पोष्टमार्टमका लागि बुटवलबाट विशेषज्ञ डाक्टर झिकाएको थिया े।

पोष्टमार्टम रिपोर्टअनुसार तीनै जना बालकको शरीरमा कुनै चोटपटक नदेखिएको तथा कर्तव्य गरी हत्या गरेको देखिन नआएको प्रहरीले जनाएको छ । ‘एक जनाको टाउकोको पछाडि पट्टीको भागमा सानो टुटुल्को देखिएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ,’ डिएसपी सिंहले भने ‘त्यति कुराले मात्रै मानिसको मृत्यु हुन सक्दैन भन्ने कुरा पोष्टमार्टम गर्ने चिकित्सकले उल्लेख गर्नु भएको छ ।’ त्यो सानो टुटुल्को गाडीभित्र ठोक्किएर पनि लागेको हुनसक्ने अनुमान रिपोर्टमा उल्लेख छ ।
शव गलेको हुँदा बिषादी सेवन गराई भएको मृत्यु भएमा २४ घन्टा पछाडि पत्ता लगाउन नसकिने कुरा पोष्टमार्टम रिपोर्टमा चिकित्सकले उल्लेख गरेका छन् । त्यही भएर तीन वटै शवहरुको भिसेरा परीक्षणका लागि काठमाडौं पठाउन थालिएको डिएसपी सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank