जातीय छुवाछूत र भेदभावका मुद्दाको नेतृत्व एकीकृत समाजवादीले गर्ने : महासचिव भुसाल

दलित अनलाईन २६ श्रावण २०८०, शुक्रबार ११:२७

काठमाडौं — नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जातीय छुवाछूत र सबैप्रकारका विभेदको अन्त्य गर्ने स्पष्ट एजेण्डा सहित जनतामा जाने र जातीय छुवाछूत र भेदभावका मुद्दाको नेतृत्व समेत एकीकृत समाजवादी गर्नेमा जोड दिएका छन् ।
नेपाल दलित मुक्ति संगठनको छैठौं केन्द्रीय कमिटीको बैठक (जुम मार्फत) बोल्दै महासचिव भुसालले स्पष्ट एजेण्डा सहित जनतामा जाने र जातीय छुवाछूत र भेदभावका मुद्दाको नेतृत्व समेत एकीकृत समाजवादी गर्ने बताएका हुन् ।

भुसालले नेपाली जनताको ७ दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने नयाँ युगको नेतृत्व गर्ने प्रमुख जिम्मेवारी झण्डै दुई तिहाईको कम्यूनिष्ट सरकारलाई रहेको बताउँदै जातीय छुवाछूत र सबैप्रकारका विभेदको अन्त्य गर्ने जोड दिए ।

समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अवसर नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले गुमाएको हुनाले नेपाली वामपंथी आन्दोलनको रक्षाका लागि विद्रोह गर्नु परेको भुसालले बताए ।
नेपालको समृद्धिको मोडल चीन, अमेरिका वा कुनै अमूक देशको जस्तो नभई नेपाली समाजको विशेषतामा आधारित हुने र त्यसको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गर्ने महासचिव भुसालले बताए ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा मोर्चा संगठन प्रमुख कमरेड डा. विजय पौडेलले पार्टीका दस्तावेजहरु र निर्वाचन घोषणा पत्र सबै पार्टीभन्दा स्पष्ट दृटिकोण पार्टीको रहेको स्मरण गराउँदै कार्यान्वयनमा सम्पूर्ण शक्तिका साथ अघि बढ्न आव्हान गरे ।

देशैभरि घटेका जातीय छुवाछूतका घट्नाका विरुद्ध पार्टीले विरोध गर्दै दोषीलाई कार्वाहीको माग गरेको जानकारी दिए । जबसम्म दलितहरुको राजनीतिक सहभागिता, आर्थिक सशक्तिकरण र साँस्कृतिक सचेतना हुदैन तबसम्म दलित समस्या हल नहुने बताउँदै सोही अनुसार योजना प्रस्ताव गर्न संगठनलाई सुझाव दिए ।
नेपाल दलित मुक्ति संगठन पनि पार्टीको अभिन्न अंग भएकोले उसले व्यक्त गर्ने धारणा र खेल्ने भूमिका पार्टीको हुने र दलित सम्बन्धी निति र कार्यक्रम निर्माण दलित मुक्ति संगठनले बनाउनुपर्ने कुरामा पौडेलले जोड दिए ।
बैठकलाई नेपाल दलित मुक्ति संगठनका सल्लाहकार कमिटी संयोजक तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य कमरेड नीरा जैरुले संगठनले आन्तरिक रुपमा पार्टीलाई दवाव दिनुपर्ने र बाह्यरुपमा एकताबद्ध भएर संघर्ष गर्नुपर्नेमा जोड दिइन् ।
नेपाल दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा बसेको सो बैठकमा संगठनका महासचिव घनश्याम रिजालले साँठनिक प्रतिवेदन पेश गरेका थिए । उक्त साँठनिक प्रतिवेदन सुझाव सहित पारित गर्दै संगठनको छैठौं राष्ट्रिय सम्मेलन आगामी मंसिरमा सम्पन्न गर्ने र सम्मेलन सम्पन्न गर्न तीन महिने “दलितसंग दलित मुक्ति संगठन ः संगठन निर्माण अभियान” संचालन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank