गृहमन्त्रीसँग नेकपा नेता जीतु गौतमबाट नवराज विक घटनाको दोषीलाई कारबाही माग

दलित अनलाईन जेष्ठ १२, २०७७

काठमाडौं– संविधानसभा सदस्य तथा पुर्व राज्यमन्त्री जीतु गौतमले अन्तरजातीय विवाहको निुहँमा नियोजित ढंगबाट हत्या गरिएका नवराज विक घटनाको दोषीलाई कारबाही गर्न गृहमन्त्रीसँग माग गरेका छन् ।
संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री गौतमले सोमबार गृहमन्त्री रामबहादुर थापासँग टेलिफोन सम्पर्क गरी अन्तरजातीय विवाहको निहुँमा हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
गौतमले गृहमन्त्रीसँगै प्रतिनिधिसभा सदस्य नेकपाका नेता जनार्दन शर्मा, कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, पश्चिम रुकुमका प्रदेशसभा सदस्य रातो कामीलाई पनि फोन गरी घटनाको यथाशीघ्र छानबिन र कार्वाहीका लागि विशेष आग्रह गरेका थिए ।
गौतमसँगको टेलिफोन संवादमा गृहमन्त्री रामबहादुर थापाले घटनाको सत्यतथ्य जाँचबुझ गरी दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
भेरी नगरपालिका ४ का नवराज विक र चौरजहारी नगरपालिका ८ कि शुष्मा मल्ल बीचको अन्तरजातीय प्रेम सम्बन्धले निम्त्याएको पाशविक हत्या काण्डको घोर निन्दा र भत्र्सना गर्दै नेता गौतमले उक्त घटनाको अनुसन्धान, हत्यामा संलग्न रहेका सबैलाई पक्राउ गर्न, वेपत्ताहरुको खोजी कार्यलाई तीव्र पार्न र आवश्यक कानुनी कारबाही चलाउन घटनाको प्रत्यक्ष सरोकारवाला निकायसँग माग गरे ।
नेता गौतमले प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेल , डिएसपी खगबहादुर केसी, चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मालाई सम्पर्क गरी सो घटनाको सत्यतथ्य पत्ता लगाई अपराधी सबैलाई छिटोभन्दा छिटो पक्राउ गर्न, वेपत्ताहरुको खोजी कार्य गोताखोर समेत परिचालित गरेर फेला पार्न र पिडित पक्षलाई अधिकतम न्याय दिलाउन सशक्त कार्वाहीका लागि विशेष पहल गर्न पनि अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank