‘वादी समुदायको आत्मसम्मानप्रति गम्भीर हौं’ मानव अधिकार आयोग

दलित अनलाईन २१ श्रावण २०७५, सोमबार ०९:३४

काठमाडौँ– सिंगो वादी समुदायलाई नै अपमानित हुनेगरी समाजमा नकारात्मक प्रभाव पार्ने चलचित्र पण्डित बाजेको लौरी र उपन्यास नथियालाई तत्काल प्रतिबन्ध लगाउन सरकारसँग अधिकारकर्मीले माग गर्नुभएको छ ।
चरणबद्ध शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रिएको राष्ट्रिय वादी परिषदले प्रर्दशन भइरहेको चलचित्र पण्डित बाजेको लौरी , उपन्यास नथिया र ऐलानी उपन्यासले वादी समुदायको चरित्रहत्या गर्नुको साथै आत्मसम्मानमा समेत चोट पु¥याएको भन्दै तत्काल प्रतिबन्ध लगाउन माग गरेको छ ।
आइतबार दलित गैर सहकारी संस्था महासंघले आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै राष्ट्रिय वादी परिषद्का अध्यक्ष केशव नेपाली (वादी) ले नथिया, ऐलानी र पण्डित बाजेको लौरीमा प्रयोग भएका शब्दले सिंगो वादी समुदायको चरित्र हत्या गरेको बताउनुभयो । ‘यो हाम्रो समुदायमाथिको विभेद र अपमान हो ,यो तत्काल रोक्नुपर्छ । ’
नेपाल सरकारबाट बन्देज गरेका शब्दहरुलाई कलात्मक ढंगबाट उपन्यास र चलचित्रमा प्रयोग गरेकाले यसले समुदायलाई प्रत्यक्ष ठेस लाग्ने हुँदा उपन्यास जलाउनुको साथै समुदायको न्यायका लागि कानुनी लडाई समेत लड्ने राष्ट्रिय वादी परिषदका उपाध्यक्ष निर्मल वादीले बताउनुभयो । ‘सरकारले बन्देज लगाएका शब्दहरुले फेरी वादी समुदायमा आक्रमण भएको छ, यो तत्काल नरोकिए संविधानलाई टेकेर कानुनी लडाई लड्छौं ।

वादी समुदाय उत्थान विकास समितिका कार्यकारी निर्देशक महेश नेपालीले चलचित्र र ऐलानी उपन्यासका साथै नथियाले वादी समुदायको आत्मसम्मानमा चोट पु¥याएको बताउनुभयो । यो उपन्यासले सम्रग वादी समुदायको बदनाम गराएको छ, क्षतिपूति सहित लेखकहरुले सार्वजनिक रुपमा माफी माग्नुपर्छ ,उहाँले भन्नुभयो ,‘।

वादी समुदायकी अगुवा निर्मला गुप्ताले नथिया उपन्यासले खाटो बसेको घाउमा पीडा थप्ने काम थोपरेकोे बताउनुभयो । ‘वादी समुदायका महिलाले देह व्यापार गर्थे भन्ने देखाइएको छ, तर त्यो झुट हो’, उहाँले भन्नुभयो,‘उपन्यासमा ‘बदिनी’ जस्ता शब्दहरु प्रयोग गरिएको छ, उक्त शब्द सम्बोधन नभएर गाली हो ।’

वादी समुदायले हासिल गरेको उपलब्धीहरुलाई समेत चलचित्र र उपन्यासले कानुनी दायराभन्दा माथि उठी आफुहरुको चरित्र हत्या गरेको राष्ट्रिय वादी परिषदका महासचिव सुकलाल नेपाली (वादी)ले बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले वादी समुदायलाई अपमानित र आत्मसम्मानमा चोट पु¥याउनेहरुले कारवाही भोग्नुपर्ने बताउनुभएको छ ।
आइतबार राष्ट्रिय वादी परिषद र वादी अधिकारकर्मीले बुझाएको ध्यानाकार्षण पत्र बुझेपछि बोल्दै अध्यक्ष शर्माले संविधानभन्दा माथि उठेर कसैले पनि विभेद र चरित्रहत्या गर्नै नहुने बताउँदै जो कसैबाट यस्तो गतिविधि भए कारबाही हुने बताउनुभयो । वादी समुदायको धेरै सम्झौता काुनन बनेको छ, यो समुदायलाई कसैले अपमान र आत्मसम्मानमा चोट पु¥याए कारबाहीको भागिदार हुनुपर्छ, उहाँले भन्नुभयो, ‘तपाईहरुको न्यायका लागि आयोग लाग्छ ।’
आयोगले सो सम्बन्धमा चलचित्र निर्माता तथा सम्बन्धित उपन्यासकारहरूलाई ध्यानकर्षण पत्रको प्रतिलिपिसहित बादी समुदायप्रतिको उनीहरुको धारणा मागसमेत गरेको आयोगले जनाएको छ । साथै आयोगले सो सम्वन्धमा सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग पनि आवश्यक जानकारी माग गरेको छ । आयोगले विज्ञप्तिमा भनेको छ, ‘नेपालको संविधानको धारा १६ (१) मा सम्मानपूर्वक बाँच्न पाउने हक र धारा २४ (३) मा छुवाछुत तथा जातीय विभेद विरुद्धको हकको व्यवस्था रहेको एवं मुलुकी ऐन, अदालतको महल १० (क) ले कसैलाई धर्म, वर्ण वा कामको आधारमा छुवाछुत, भेदभावपूर्ण व्यवहार र वहिष्कार वा निषेध गर्न नपाउने व्यवस्थाप्रति गम्भीर रहन आयोग आग्रह गर्दछ।’


दलित अधिकारकर्मीहरु
वादी समुदायको आन्दोलनका उपलब्धीहरुलाई वेवास्ता गरी पछिल्लो समयमा चलचित्र पण्डित बाजेको लौरी कथा, उपन्यासका माध्यमबाट नकारात्मक प्रभाव पर्ने शब्दको प्रयोग भइरहेको भन्दै एकिकृत आन्दोलन सुरु गर्नुपर्ने बताएका छन् । दलित अधिकारकर्मी गणेश विकले ऐतिहासिक मूल्य मान्यतालाई बङगाएर उल्टो समुदायकै अपमान गर्ने गरी बनेको चलचित्र र उपन्यासहरु विक्रि वितरण र प्रसारण तथा प्रदर्शनमा रोक लगाउनुपर्ने बताउनुभयो । ‘यो समुदायकै अपमान हो, यसले उल्टो विभेद गरेको छ ।’
यस्तै दलित नेता पूर्वसांसद हरि श्रीपाइलीले अझै पनि बौद्धिक भन्ने र लेखक भन्नेहरुबाट शब्दकै माध्यमबाट दलित समुदायमाथि आक्रमण भएको भन्दै सर्वोच्च अदालतमा जानुपर्ने बताउनुभयो ।
दलित समुदायका पक्षमा लेखिएको कानुनहरुको समेत अपमान गरिएको अधिवक्ता भोजमान लाम्गादेले बताउनुभयो । नयाँ संविधानलाई टेकेर काुननी पाटोबाटै न्यायका लागि अघि बढ्नुपर्ने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय वादी परिषद् र दलित अधिकारकर्मीहरुबीच भएको अन्र्तक्रिया कार्यक्रममा भक्त विश्वकर्मा, हिरा विश्वकर्मा, गौरा नेपाली, सुनिल परियार र जेवी विश्वकर्माले पनि आन्दोलनबाटै न्याय प्राप्त हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank