गृहमन्त्रीसँग नेकपा नेता जीतु गौतमबाट नवराज विक घटनाको दोषीलाई कारबाही माग

दलित अनलाईन १२ जेष्ठ २०७७, सोमबार २१:३४

काठमाडौं– संविधानसभा सदस्य तथा पुर्व राज्यमन्त्री जीतु गौतमले अन्तरजातीय विवाहको निुहँमा नियोजित ढंगबाट हत्या गरिएका नवराज विक घटनाको दोषीलाई कारबाही गर्न गृहमन्त्रीसँग माग गरेका छन् ।
संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री गौतमले सोमबार गृहमन्त्री रामबहादुर थापासँग टेलिफोन सम्पर्क गरी अन्तरजातीय विवाहको निहुँमा हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
गौतमले गृहमन्त्रीसँगै प्रतिनिधिसभा सदस्य नेकपाका नेता जनार्दन शर्मा, कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, पश्चिम रुकुमका प्रदेशसभा सदस्य रातो कामीलाई पनि फोन गरी घटनाको यथाशीघ्र छानबिन र कार्वाहीका लागि विशेष आग्रह गरेका थिए ।
गौतमसँगको टेलिफोन संवादमा गृहमन्त्री रामबहादुर थापाले घटनाको सत्यतथ्य जाँचबुझ गरी दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
भेरी नगरपालिका ४ का नवराज विक र चौरजहारी नगरपालिका ८ कि शुष्मा मल्ल बीचको अन्तरजातीय प्रेम सम्बन्धले निम्त्याएको पाशविक हत्या काण्डको घोर निन्दा र भत्र्सना गर्दै नेता गौतमले उक्त घटनाको अनुसन्धान, हत्यामा संलग्न रहेका सबैलाई पक्राउ गर्न, वेपत्ताहरुको खोजी कार्यलाई तीव्र पार्न र आवश्यक कानुनी कारबाही चलाउन घटनाको प्रत्यक्ष सरोकारवाला निकायसँग माग गरे ।
नेता गौतमले प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेल , डिएसपी खगबहादुर केसी, चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मालाई सम्पर्क गरी सो घटनाको सत्यतथ्य पत्ता लगाई अपराधी सबैलाई छिटोभन्दा छिटो पक्राउ गर्न, वेपत्ताहरुको खोजी कार्य गोताखोर समेत परिचालित गरेर फेला पार्न र पिडित पक्षलाई अधिकतम न्याय दिलाउन सशक्त कार्वाहीका लागि विशेष पहल गर्न पनि अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank