नेकपाको नामविरुद्ध परेको उजुरी खारेज

दलित अनलाईन ९ कार्तिक २०७५, शुक्रबार १८:३५

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको विवाद टुंगिएको छ । निर्वाचन आयोगले नेकपाको नाममा परेको उजुरीलाई खारेज गरेपछि विवाद टुंगिएको हो । आयोगको इजलाशले आयोगबाट यसअघि भएको निर्णयलाई नै सही ठहर्‍याएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले आफ्नो पार्टीको नामसँग हुबहु मिल्ने गरी सत्तारुढ दललाई नाम दिइएको भन्दै पुनरावलोकनका लागि आयोगमा निवेदन दिएका थिए। आयोगले कट्टेल र सत्तारुढ दल पक्षको बहस सुनेपछि साविककै निर्णयलाई सदर गरेको हो।

तर अध्यक्ष कट्टेलले भने आयोगको निर्णय आफूलाई स्विकार्य नभएको बताए। उनले भने, ‘अब अब कानुनी उपचारका लागि सर्वोच्च अदालत जान्छु।’ आयोगका प्रवक्ता सह-सचिव दीपक सुवेदीले नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अलग अलग नामका दल रहेको आयोगको शुक्रबार बसेको इजलाशबाट निर्णय भएको बताए।

जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र एकीकरण भएको घोषणा भएको थियो। एकीकरण पछिको दलले जेठ २३ मा आयोगबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम सहित दल दर्ताको प्रमाणपत्र पाएको थियो।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ (ङ) मा दलको नाम वा चिन्ह आयोगमा दर्ता रहेको अन्य दलसँग मिल्न गएमा दल दर्ता नहुने व्यवस्था छ। कट्टेलले कानुनको सोही दफा अनुसार आफ्नो पार्टीको नामसँग मिल्ने गरी दल दर्ता गरिएको भन्दै आयोगमा निवेदन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank