रौतहट हत्याकाण्डको न्यायिक छानविन गरी दोषीमाथि कारबाही गर्न नेपाल दलित मुक्ति संगठनको माग

दलित अनलाईन १२ भाद्र २०७७, शुक्रबार २०:३८

काठमाडौं— रौतहट हत्याकाण्डलगायत दलितमाथि भएका देशभरिका घट्नाको न्यायिक छानवीन गरी दोषीमाथि कारबाही गर्न नेपाल दलित मुक्ति संगठनले सरकारसँग माग गरेको छ ।

शुक्रबार नेपाल दलित मुक्ति संगठनका सह–इन्चार्ज तथा सह–संयोजक बोमबहादुर विश्वकर्माबाट जारी गरिएको प्रेस विज्ञप्तीले रौतहट हत्याकाण्डलगायत दलितमाथि भएका देशभरिका घट्नाको न्यायिक छानवीन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको हो ।

विज्ञप्तीमा भनिएको छ: निरन्जन रामको हत्याको आशंकामा नेपाल प्रहरीबाट प्रक्राउ गरी हिरासतमा राखिएका विजय राम चमारको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा प्रहरीको निगरानीमा भएको शंकाष्पद मृत्यूप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।
प्रहरी हिरासतमा भएको अमानवीय घट्ना स्वयं प्रहरीको चरम यातनाबाट भएको भन्ने बुझिएको हुनाले उक्त घट्नाको घोर भत्र्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न समेत नेपाल दलित मुक्ति संगठनले माग गरेको छ ।

रुकुमपश्चिम नरसंहारपछि श्रंखलाबद्धरुपमा रुपन्देहीकी अंगीरा पासी, धनुषाका शम्भु सदा र राजु सदा, सप्तरीका त्रिभुवन सदा, सिराहका रोशन सदाको हत्या भएको छ भने मोरंङ्गको दलित वस्तिको आक्रमण, ताप्लेजुग, पाँचथर, इलाम, भोजपुर, झापा, कैलाली, कालिकोट, रुकुम, सिन्धुपाल्चोक, बैतडीलगायतका जिल्लाहरुमा दलितहरुमाथि श्रंखलाबद्ध आक्रमण भई हत्यासम्मका घट्नाहरु घटिरहेका
भन्दै मुक्ति संगठनले अपराधीक तथा अमानवीय घट्नाको सत्यतथ्य तथा निश्पक्ष अनुसन्धान र छानवीन गरी घट्नाका दोषीलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्तीको पूर्ण पाठ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank