छुवाछुत विरुद्धका सामाजिक अभियन्ता

गणेश लम्साल ३ पुष २०७६, बिहीबार ००:१५

उमेश विश्वकर्मा एक नम्वर प्रदेशको दुर्गम पहाडी जिल्ला संंखुवासभाको तात्कालिन वाना गाविस हाल पाँचखनप नगरपालिका ४ मा जन्मिएका हुन् । लड्दै पड्दै स्नातकसम्मको अध्ययन गरेको बताउने उनी हाल दलित मावन अधिकारको सक्रिय अभियन्ता बनेका छन् । दलितहरुमाथि भएको उत्पीडनका घटनाहरु हुन वा दलित समस्या सवाललाई विकासको अधिकारसँग जोड्ने कुरा होस् अधिकारकर्मी उमेशको सक्रियता निरन्तर रहने गरेको छ । धेरै दलित अधिकारका लागि लागिपर्ने अधिकारकर्मीहरु भन्दा उमेश जोश , जाँगर , अध्ययन , राजनैतिक चेत आदि सबै कुराले अगाडी छन् । यसैले प्रदेशमा दलित सवालमा हुने कार्यक्रमहरुमा उनको माग झन् झन् बढ्दो छ ।

                                                                                            ……….

२०३६ सालमा दुर्गम पहाडमा जन्मिएका उमेश झट्ट सुन्दा विद्रो्ही स्वभावका लाग्छन् । तर प्रगतिशील दर्शनबाट प्रभावित उनी सहयोगी र दयालु छन् । उनका अनुसार सानै देखी आफु र आफनो समुदायले भोग्नु परेको जातिय भेदभाव र छुवाछुतले उनलाई अझै भत्भती पोल्ने गर्दछ । यसैले उनी जहाँ वोल्छन् ,त्यहाँ व्यवहारिक यथार्थहरु खुलाउने गर्दछन् ।‘ यसैले पनि होला मलाई रुखो , विद्रोही स्वभावको भनेर मान्छेहरुले भनेको’, – उमेश भन्छन् ।

उमेश सानैदेखी अनेरास्ववियुमा आवद्ध भएर राजनैतिक गतिविधिमा सक्रिय भए । उनी तात्कालिन माले विद्यार्थी संगठनको जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य पनि बने ।२०५१ देखी २०५९ सम्म विद्यार्थी राजनीतिमा सक्रिय रहेका उमेश त्यसपछि भने दलित मानव अधिकारको क्षेत्रमा निरन्तर सक्रिय भैरहेका छन् । उमेशले संंखुवासभा छँदा अरुण सन्देश साप्ताहिकमा सहसम्पादक भएर योगदान दिए । त्यसपछि तराई झरेका उनले दलित अधिकारकै लागि मोरङबाट जनसुधार साप्ताहिकको कार्यकारी सम्पादक भएर पाँच वर्ष पत्रकारिता पनि गरे । पछि जागरण मिडिया सेन्टरको मोरंग–सुनसरी संवाददाता पनि भए । उनी क्षेत्रिय सञ्चार स्रोत केन्द्र विराटनगरको कार्यसमिति सदस्य पनि बने । दलित अधिकारकै लागि उनले विराटनगरलाई केन्द्र बनाएर २०६२ मा मानव अधिकारका लागि स्रोत विकास मञ्च नेपाल –रिडेफ नेपाल) नामक संस्था स्थापना गरे । हाल उमेश गैरसकारी सँस्था महासंघको जिल्ला र क्षेत्र हुँदै केन्द्रिय समितिको सचिव पदमा छन् ।

                                                                                                ……….

दलितहरुको समस्या राजनैतिक निर्णयबाट मात्रै पुरा हुन सक्छन् भनेर प्रष्ट बुझेका उमेश सामाजिक जागरणका लागि सामाजिक आन्दोलन जरुरी भएकोमा जोड दिन्छन् । उनले दलित समुदायको शिक्षा , स्वास्थ्य ,रोजगार आदि सहभागीतावारे धेरै वकालत गरिसकेका छन । जिल्ला तहका नीति निर्माणमा धेरै सहयोग पु¥याइसकेका छन् । मानव अधिकार सञ्जाल र रक्षक परिषद्मा समेत रहेका उमेश एक जुझारु भुक्तभोगी मानव अधिकार रक्षक हुन् । संसारमा कहिँ पनि मान्छेले मान्छेलाई गर्न नहुने अमानवीय व्यवहार जातिय भेदभाव र छुवाछुत विरुद्धको राष्ट्रिय अभियन्ता पनि हुन् । मानव अधिकारको क्षेत्रमा उनको सक्रिय योगदानको कदर गर्दै मानव अधिकार आयोग लगायतका सँस्थाले उमेशलाई सम्मान पनि गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank